Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

संघीयता बचाउन २७ अर्ब ऋण दिने

०८ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

काठमाडौं । विश्व बैंकले संघीयतालाई बचाउन, चलाउन २७ अर्ब ऋण दिने भएछ । शेरबहादुर देउवाको गठबन्धन सरकारले यो ऋण लिनेछ । यो ऋण आएपछि सातै प्रदेशमा गएको दसैं फेरि फर्केर आउने निश्चित छ ।
बेमौसममा अतिवर्षा भयो । धानबाली डुब्यो । किसानहरू अहिले नै भोकभोकै भए, भोलि के खाने चिन्ताले रून थालेका छन् । २० वर्षदेखि उखु किसानले उखु बेचेको रकम पाएनन्, बाढी र पहिरो पीडितको बेहाल छ । तिनका लागि ऋण लिने होइन, भ्रष्टाचारी संघीयता चलाउन २७ अर्ब ऋण ।
कति मीठो कुरा गरेका छन् प्रधानमन्त्रीले । स्रोतसाधन मागेरै भए पनि बाढीपहिरो पीडितलाई सहयोग जुटाउँछौं । ऋण लिने संघीयता चलाउन । मागेर बाढी पहिरो पीडितलाई राहत दिने ? कसरी पत्याउन सकिन्छ सरकारलाई ? धान डुब्यो, पहिरोमा मर्नेका परिवारजनलाई कसरी बचाउने, घायललाई उपचार गर्ने, राहत उपलब्ध गराउने भन्ने चिन्ता छैन । माँगेर सहयोग गर्ने रे ? कहिले माँग्ने । जनता चोटेमा परेका छन् । आज मरे भोलि ओखती । संघीयताले मार्ने भयो देशलाई ।