नेपालगञ्ज । जानकी गाउँकी ४० वर्षीया नन्कुनी धोबीको मृत्यु कि हत्या भन्ने सवाललाई प्रहरीले खेलाँचीमा लिंदा सरकारको नाक काटिने महिला अधिकारकर्मीको राष्ट्रिय मुद्दा नै बन्नपुग्यो । नेपालगञ्ज १७ कि निर्मला कुर्मी बेपत्ता प्रकरण र सम्पत्ति हडप्ने प्रयास पनि मुद्दा बन्यो । अदालतसमेत प्रभावित हुनपुग्यो ।
बाँकेदेखि काठमाडौंसम्म ५ सय किलोमिटर नन्कुनीका आफन्त र अधिकारकर्मी अन्याय भयो भन्दै आए, माइतीघर मण्डलामा धर्ना दिए । प्रहरीले हातपात ग¥यो, रातारात नेपालगञ्ज पु¥यायो, अधिकारकर्मी रूबी खानलाई थुनियो । प्रहरीले जाहेरी लिन किन मानेन, ज्यादति किन भयो ? प्रश्न गम्भीर छ ।
पीडित तथा अधिकारकर्मीको एउटै माँग छ– नन्कुनी धोबीको ‘हत्या’ र नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरकी एकल महिला निर्मला कुर्मी ‘बेपत्ता’ घटनामा जो दोषी छन्, तिनीहरूमाथि कारवाही होस्, न्याय होस् ।
भदौ १३ देखि ३१ गतेसम्म १९ दिन सिडिओ कार्यालयमा धर्ना गरेपछि पीडितहरू राजधानी आएका थिए । राजधानीमा पनि दमन गरियो ।
रूबीलाई प्रहरीले पक्राउ गरेपछि अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिन् । सर्वोच्चको कडा आदेशपछि यो घटना केही शान्त भए पनि हत्या र बेपत्ता प्रकरणले नयाँ मोड लिदैछ । यो घटनामा राजनीतिकरण भइसकेकाले कसकसको मुखुण्डो उत्रने हो हेर्न बाँकी छ ।