Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

के हो सम्पत्ति अधिकार ?

२५ सोमबार , आश्विन २०७८४ बर्ष अगाडि

अधिवक्ता गंगा दहाल – -
१. सम्पत्ति मानिने ः
सम्पत्ति भन्नाले कुनै पनि चल अचल बस्तु, उपभोग गर्न ,खरिद बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद बस्तु वा कार्यलाई सम्पत्ति मानिनेछ ।
अचल सम्पत्ति मानिने ः
१) देहायका सम्पत्ति अचल मानिने ः–
क) घर वा जमिन वा सो सग जोडिएको संरचना ,
ख) घर वा जमिन सग स्थायी रुपमा आवद्ध भएको कुनै बस्तु ,
ग) जमिनसँग आवद्ध रहेको खानी ,ढुङ्गा वा खनिजजन्य बस्तु,
घ) प्राकृतिक स्वरुपमा रहेको पानी, भूसतह तथा भूमिगत रुपमा रहेको पानी ,
ङ ) नदी, ताल तलैयामा तैरने गरी बनाइएका घर वा अन्य संरचना,
च) जमिनमा खडा भएको रुख बिरुवा फलफूलका बोट वा त्यस्ता रुख , बिरुवा वा फलफूलका बोटमा फलेका फल वा फूलेका फूल ,जमिनमा फलेका बाली,
छ) अचल सम्पत्तिसँग आवद्ध रहेको कुनै चल सम्पत्ति 
चल सम्पत्ति मानिने ः 
क) नगद वा नगद सरह कारोबार हुने बस्तु वा बिदेशी मुद्रा 
ख) सुन, चादी, जवाहरत, सुनचाँदीबाट बनेका गरगहना वा बहुमूल्य पत्थर,
ग) खण्ड (क) वा (ख) बाहेकका एक ठाउँबाट ओसारपसार गर्न सकिने बस्तु ,
घ ) ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, बिनिमयपत्र  वा अन्य अधिकार पत्र 
ङ ) बौद्धिक सम्पत्ति 
च) धितोमा रहेको हक,
छ ) ब्यापारीक ख्याति वा फ्रेन्चाईज,
ज) अचल सम्पत्ति बाहेकका अन्य सम्पत्ति ।
स्वामित्वको आधारमा सम्पत्तिको वर्गीकरण ः
क) निजी सम्पत्ति, ख) सगोलको सम्पत्ति, ग) संयुक्त सम्पत्ति, घ) सामुदायिक सम्पत्ति, ङ) सार्वजनिक सम्पत्ति, च) सरकारी सम्पत्ति, छ) गुठीको सम्पत्ति ।
निजी सम्पत्ति मानिने ः कुनै ब्यक्तिको नाममा रहेको देहायका कुनै पनि सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो ब्यक्तिको निजि सम्पत्ति मानिने ः–
क) आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको ,
ख) दान, बकस वा अपुताली स्वरुप प्राप्त गरेको 
ग) चिट्ठा वा उपहार स्वरुप प्राप्त गरेको,
घ) पारिश्रमिक ,उपदान निबृत्तिभरण,उपचार खर्च सन्चय कोष बीमा वा अन्य सामाजिक सुरक्षा बापत प्राप्त गरेको,
ङ ) बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरुप प्राप्त गरेको 
च) कानुन बमोजिम मानो भिन्न बसेको अवस्थामा वा मानो नछुट्टिए पनि खती उपती आ–आफ्नो खानु, बस्नु गरेको अवस्थामा जुनसुकै अवस्थामा प्राप्त गरेको ।
छ) महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा बिबाह हुँदाका बखत माइतिबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको,
ज) महिलालाई पति वा पति तर्फका सबै अंशियारहरुको मन्जुरीले निजको एकलौटी हक हुने गरि लिखत गरि दिएको वा पति तर्फका नातेदार वा ईष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति,
झ) कानुन बमोजिम कुनै ब्यक्तिको मात्र निजि सम्पत्ति हुने उल्लेख गरेको ।
२) कानुन बमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुनेछ ।
३) यश परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि बाबु आमा र छोरा छोरी बीच अंशबण्डा गर्ने प्रयजनको लागी बाबु आमाले आर्जन गरेको सम्पत्ति समेत सगोलको सम्पत्ति मानिनेछ ।
४) सगोलको सम्पत्तिको उपभोग,हक हस्तान्तरण तथा अन्य ब्यवस्था ऐनको अन्य परिच्छेद बमोजिम हुनेछ ।
हिन्दु, राजतन्त्र ल्याउ“छु भन्ने राप्रपाभित्रै महाभारत !
धर्मरत्न श्रेष्ठ
राप्रपामा ३ अध्यक्ष छन्– कमल थापा, डा.प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा । यी तिनैजना सुपर अध्यक्ष बन्न चाहन्छन् । कमल थापाका अनुसार राप्रपाको आगामी कार्तिकमा हुने महाधिवेशन नेपालको राष्ट्रिय राजनीतिमा कोसेढुङ्गा हुनेछ । महाधिवेशन पछि सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकतावद्ध गरी हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनःस्थापना तथा भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्तावाद विरुद्धमा सशक्त आन्दोलन गर्नेछौँ । कम्युनिष्ट र काँग्रेस भन्दा फरक पहिचान बनाउन लागि परेका छौँ । आगामी चुनावपछिको बैकल्पिक राजनीतिक शक्ति भनेकै राप्रपा हो ।
यता डा.लोहनी पार्टी चुनावमा दाल नगल्ने भएपछि सर्वसम्मत रुपमा नयाँ अध्यक्ष बनाउनु पर्ने भनेर आफ्नो गुटमा बहस गरिरहेका देखिन्छन् । पशुपति शमशेर जवरालाई पनि एकता महाधिवेशनमा अध्यक्ष हुने लोभ छ । तर कमल थापाका सामु कसैको पनि जोर नचल्ने देखिन्छ । यद्यपि कमल थापाको विरोध गर्नेहरु पार्टीमा प्रशस्तै छन् । यिनै विरोधीहरुले नेपालगञ्जका मेयर धवल शमशेर जबरालाई उचालिरहेका छन् । धवल शमशेरले सबैको शक्ति समेटेर कमल थापालाई धक्का दिने सोचेका छन् । कतै फरक पहिचान भन्दाभन्दै भएकै गुम्ने हो कि ?