Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

शक्तिहरूको सहयात्राले लक्ष्यभेद हुन्छ

१८ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - - - 
राष्ट्र, जनता, पद्धति अनि पारम्पारिक गौरव अनुभूतिले आपसमा जोडिने भावनाको संयुक्त रूप हो । यसमा भूगोलले देखाएको देश पनि हुन्छ । अर्थात कुनै देश राष्ट्र बन्न यी सबै तत्वको आवश्यकता पर्दछ मात्र भूगोलले देश बन्छ तर राष्ट्र बन्दैन । त्यसैले राष्ट्रवाद भाषामा, पोशाकमा मात्र सिमित हुँदैन । राष्ट्र बन्ने यी सबै तत्वको आदर गर्ने र यसको निमित्त समर्पण गर्ने भावना राष्ट्रवाद हो । राष्ट्रवादको अधुरो बुझाई पैmलाएर फलाना दलमा लाग्ने वा फलाना नेताको पिछलग्गु हुनेमात्र राष्ट्रवादी भन्ने भ्रम पैmलाउन खोेजिएको छ । कसैकसैले त हिन्दुराष्ट्रलाई राष्ट्रवादको पयार्यवाची पनि बनाएका छन् । त्यसैले यहाँ हिन्दु अधिराज्य र गणतन्त्रको छनक दिने हिन्दु राष्ट्रको फरक वारेमा केही उल्लेख गर्नु वान्छनीय छ । अधिराज्यमा राजा एक निश्चित परंपरा बोकेर आउँछन । परंपराको संरक्षण, जनता प्रति समान व्यवहारको चलन बोकेर आउने हुँदा हिन्दु अधिराज्यले सबैलाई समान व्यवहार गर्दछ । धर्मको मामिलामा राज्यसत्ताको नभई राजाको कर्तव्य र अधिकार रहन्छ । यसले राज्य सञ्चालन गर्ने राजनीतिमा धर्मनिरपेक्षता कायम गर्दछ । राजासंस्थाको कर्तव्य जो कोही र जस्तो भए पनि आङ्खनो जनतालाई समान व्यवहार गर्नु हो । राम्रो कामको पुरस्कार र नराम्रो कामको दण्ड दिनु हो । त्यसैले व्यवस्था जे जसो भए पनि दण्ड र पुरस्कारलाई योग्यताको मानकमा राजदण्ड अनि राजपुरस्कार भनिन्छ ।
यसको विपरित हिन्दु गणतन्त्रमा वैधानिक रूपमा हिन्दु राष्ट्र रहे पनि त्यसको संरक्षणको जिम्मा लिने कोही हुन्न । युगौदेखि एक भएका विभिन्न सम्प्रदायहरू बीच वैमनश्यता बढाई रहेको वर्तमान अवस्थामा वैधानिक बनाईए पनि गणतन्त्रमा हिन्दु राष्ट्रमा हिन्दुत्वको हैकम सन्त महन्त आदिको हातमा जानुपर्ने हुन्छ । यसरी भारतका धर्माचार्यको हातमा देश जाने निश्चित छ । त्यसैले गणतन्त्रको उपस्थितिमा हिन्दु राष्ट्र भनेको विस्तारवादको पक्ष पोषण हो । गणतान्त्रिक हिन्दुराज्य भनेको राष्ट्रवादको विरूद्धको अवस्था हो भने हिन्दु अधिराज्य राष्ट्रवादको उच्चतम अवस्था हो भन्ने तर्क पनि गरेको सुनिन्छ ।
नेपालमा हिन्दुवादको अलग्गै पहिचान छ । यहाँ हिन्दुवाद सनातनी छ र सबैप्रति समभाव राख्छ । नेपालको विशेषता नै यही हो कि नेपालको हिन्दु संस्कार र संस्कृति जर्मन, अष्ट्रियामा समेत पढाइन्छ । ठूला ठूला विश्वविद्यालयमा पूर्वीय संस्कृतिको अनुसन्धान भइरहेको देखिन्छ ।
को राष्ट्रवादी हो र को होईन भन्ने जाँच्ने अनि प्रमाणपत्र दिने कुनै निकाय छैन र हुनु पनि हुन्न । तर केही बर्ष यता कुनै दल बिशेष, त्यसको नेता बिशेष अनि त्यो नेताका पिछलग्गुहरूले आफुलाई त्यो निकाय ठानेका छन् । यो आफ्नो हैसियत भन्दा बाहिर गएर गर्न खोजिएको अनाधिकार चेष्टा हो । यसले राष्ट्रवादी जोड्दैन बरू थप फुट्छन । किनभने धेरैमा निम्न भावना छन् ।
वरिष्ट कनिष्टको भावना ः धेरैमा मेरै पछि अरू लाग्नपर्छ , मेरो सोेच नै सबैभन्दा उत्तम हो । म नै नेता हुँ, सर्वाधिकार हुँ भन्ने दम्भ छ । 
संगठन बनाएर त्यसको नेता बन्ने लोभ ः जसले १०, २० जना जुटाएर एक संगठन खोल्न प्रेरित गरेको छ । यस्ता संगठनहरूमा विरोधीसंग संघर्ष गर्ने भन्दा समान प्रकृतिका अरू संगठनहरूको खोईरो खनेर आपूm ठूलो, अग्लो हुन खोज्ने प्रवृति हावी छ ।
लक्ष भन्दा प्रचारमुखी ः काम भन्दा कसरी छिटै आफ्नो वा आफ्नो समूह चर्चामा आउछ भन्नेमा ध्यान जाँदा परिणाममुखी काम हुन सकेको छैन । कतै सभाको कार्यक्रम गर्नु र त्यहाँ भाषण गर्नु चाहे श्रोता १० जना पनि नहुन् । संचारकर्मीहरूको चाकरी गरेर त्यस्ता ससाना कामको समाचार प्रसारण गराउनु । अनि आफ्नो यस्ता कामको सँची बोकेर अरूले सिन्को पनि नभाँचेको भन्दै हिडनु आम भएको छ ।
पार्टी र राजसंस्थाको नाम प्रयोग गर्नु ः पार्टीका नेताहरू आफ्ना कार्यकर्ताहरूबाट चाकरी खोज्छन् । मानौं, कार्यकर्ता भनेका नेताका पाल्तु हुन् । कार्यकर्तामा पनि विवेक देखिदैन । विवेक हुनेले अन्ध समर्थन गर्दैन, अन्ध समर्थनले पार्टीभित्र मूर्दातन्त्र हावी भइरहेको छ । त्यस्तै हालत छ आपूm राजाको नजिक भएको, राजसंस्थालाई आफुलेमात्र काँध हालेको जस्ता प्रचार गरेर ठूलो बन्न खोज्नु । यसमा स्वागतमा लामबन्द भएको फोटो , त्यहाँबाट प्राप्त शुभकामना, निमन्त्रण जस्ता कुराको सकेसम्म प्रचार आदि पनि पर्दछन् । हुँदाहुँदा आफ्ना भरौटेहरू मार्पmत कठिन समयमा आफुले काँध थापेकोले अव राजसंस्थाले आफुलाई काँध थाप्नुपर्ने प्रचार पनि गराउन पछि पर्दैनन् ।
राष्ट्रवादीहरू एकै दलमा अट्न सक्दैनन् । त्यसैले धेरै कुरा नसमेटी सबैको साझा लक्षमा मात्र कार्यगत एकता गर्न आवश्यक छ । यस्तो एकतामा कसैको पनि अहंमा चोट नपुग्ने हुनुपर्दछ । कसैले पनि आफुलाई वेवास्ता गरिएको अनुभुति गर्न नसक्ने संरचना हुनु पर्दछ । यसको निमित्त आआप्mनो वर्तमान प्रतिष्ठा र अवस्था कायम राखेर आफुले गर्दै गरेको कामलाई पनि निरन्तरता दिदै जुट्न आवश्यक छ । त्यसैले यो अभियानमा कोही विलय हुने हैन, अर्को दलंको रूप लिने पनि हैन । 
केवल नेपाल अधिराज्यको गौरव फेरी प्राप्त गर्नका निमित्त मात्र सहयात्रा अभियानको धारणा हो । राष्ट्रवादीहरू बीच अनेकौ कुरामा मत भिन्नता हुनसक्छ । नेपाल अधिराज्य लक्ष भएकाहरूलाई पहिले त्यससम्म सहयात्रा गर्न कुनै आपत्ति हुन सक्दैन । लक्षमा सहयात्रा गर्ने भैसकेपछि त्यसको निमित्त के गर्न पर्दछ भन्ने कुराको निर्णय गरेर कार्यक्रम बनाउने आपसी सल्लाह र छलफलले हो । लक्ष अपरिवर्तनीय छ अरू सबै कुरा समय र परिस्थिति अनुसार परिवर्तन हुन सक्छन् ।
मुख्य सवाल विवेकको हो । विवेकले शक्तिहरूको सहयात्रा खोजेको छ ।