Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सारिएको भेटिएन ११ र १२ नम्बर पिलर ?

१८ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

सरकार फेरियो कि विदेशनीति फेरिदैन । नेपालको विदेशनीति सरकार फेरियो कि विचलन हुने रोगले ग्रसित छ । किन यस्तो भइरहेछ, खोई विश्लेषण ? चीनले हिल्साभन्दा करिब १ किलोमिटर टाढा ५ वटा भवन बनाएको भवन यिनै हुन् । यो संरचना नेपाल–चीन सीमाभन्दा १ किलोमिटर टाढा बुरांग भन्ने स्थानमा पर्छ । सरकारले पटक–पटक सोही स्थानको विषयलाई लिएर अध्ययन समिति बनाउनुको कारण बुझ्न सकेको छैन ! विष्णुबहादुर लामा (नाम्खा गाउंपालिका अध्यक्ष ।) पूर्व सरकार भन्छ– चीनले सीमा अतिक्रमण गरेको छैन । यो सरकारले पठाएको समिति अध्ययन गरेर फर्किसकेको छ, सरकार मौन छ । चीनले प्रमाण भए वार्ता गर्न तैयार रहेको बताइसकेको छ । फेरि यो विवाद बढाउनुको कारण के हो ? 
केही प्रायोजित व्यक्तिहरूले ११ र १२ नम्बर पिलर सारिएको भन्ने उजुरीका आधारमा भदौ ५ गते सहसचिव जयनारायण आचार्यको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नापी विभागसहितको ६ सदस्य रहेको समितिले लिमी लाप्सादेखि हिल्सा हुम्लासम्मको सीमा अध्ययन रिपोर्ट गृहमन्त्री वालकृष्ण खाडलाई बुझाएको छ । नेपाललाई थाहै नदिई केही सीमा स्तम्भ मरमत गरिएको, रङ् लगाइएको पाइयो । चीनले सीमा सारेकै हो, अतिक्रमण गरेकै हो भन्ने रिपोर्टमा लेखेको छैन । समितिले सीमाका सम्बन्धमा कूटनीतिक माध्यमबाट वार्ता गर्न आवश्यक रहेको सुझाव दिएको छ । सरकारले रिपोर्ट सार्वजनिक गरेको छैन । 
विदेशनीति यसरी हचुवा र विदेशी प्रभाव तथा नेतृत्वको स्वार्थपोषणमा आधारित हुनु दुर्भाग्यपूर्ण हो । सत्तास्वार्थमा विदेशनीति चल्ने गर्दैन ।