कुमार श्रेष्ठ लेखक र गीतकार पनि हुन् । भदौ २९ गते उनको सर्वधर्मी बनौं गीती क्यासेट सार्वजनिक भएको छ । त्यो दिन बाल दिवस पनि हो । बाल दिवसको अवसर पारेर कुमार श्रेष्ठद्वारा लिखित ‘सर्वधर्मी बनौं’ नामक बालगीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यो अवसरमा कुमार श्रेष्ठद्वारा लिखित उक्त गीतहरूमा दृष्टिविहीनहरूले संगीत भर्नुका साथै दृष्टिविहीन बालबालिकाले अभिनय समेत गरेका थिए । समाजमा विकृति र बिसंगति बढ्दै गएको र धार्मिक विवादहरू पनि चुलिदै गएको अवस्थामा कुमार श्रेष्ठले सर्वधर्मी गीत सार्वजनिक गरेका हुन् ।
संविधान जारी भएदेखि नै हिन्दुवादी असन्तुष्ट छन् । इसाईहरू उत्साहित देखिन्छन् र विदेशी ताकतहरू नेपालमा धार्मिक हिंसा गराउन लागेका छन् । यस्तो विषम परिस्थ्तििमा सर्वधर्म समभावको सन्देश छर्ने सन्देशसहितको सर्वधर्मी बनौं गीतले शान्तिको महत्वलाई प्रसार गरेको छ । यसकारण पनि गीतकार र यति महत्वपूर्ण कार्यक्रम गर्ने कुमार श्रेष्ठ धन्यवादका पात्र छन् ।