रोशन कार्की
'हिन्दूवाद राजावाद होइन, हिन्दू राष्ट्र पुनर्स्थापना गराएरै छाड्छु।' हिन्दूमहाभियानका अभियन्ता खुमवहादुर खड्काको अभिव्यक्ति हो यो। हिन्दू राष्ट्रको कुरा गर्ने बित्तिकै राजासँग जोड्ने षड्यन्त्र भइरहेको छ। यस्ता षडयन्त्रमा कोही पनि नलागौं। उनले राजतन्त्रका प212धरहरुले नै हिन्दू धर्मलाई राजासँग जोड्ने गरिरहेको खुलासा गर्दै उनीहरुलाई पनि सजग गराएका छन्– यस्तो षडयन्त्र नगरौं। संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्रका सम्भावना तथा चुनौतिहरु: यो विषयमा अन्तरक्रिया गर्दै खुमबहादुरले भनेका छन्– हिन्दूत्व र राजाको कुनै तालमेल नै छैन। खड्को दावी छ– 'राजा रहे वा नरहे पनि हिन्दू राष्ट्र रहन्छ।' उनले माघ ८ गते संविधान आउँछ भनिएको छ, हामी त्यही दिनदेखि हिन्दूराष्ट्रका लागि आन्दोलन गर्छौं। यो आन्दोलन देशव्यापी हुनेछ, सबै हिन्दूहरु आन्दोलनमा सहभागी हुनेछन्।
तमलोपाका राकेश मिश्र र नेपाल जनता पार्टीका अध्यक्ष अखिलेश्वर सिंह, संयुक्त जनवादी राष्ट्रवादीका अध्य212 कमल चौलागाईं, खेमराज आचार्य, अमरदेव यादवले समेत हिन्दूराष्ट्र रहेन भने नेपालको अस्तित्व समाप्त हुने दावी गरेका छन्। सबैको एकै मत छ, संविधानमा हिन्दूराष्ट्र नलेखिए आन्दोलनका लागि तैयार भएर बसौं। अर्थात्, हिन्दूवाद राजावाद होइन, हिन्दूवाद नेपालको आवश्यकता हो। अर्थात, हिन्दूवाद भएन भने नेपालको अस्तित्व रहदैन, हिन्दूवादका लागि सकल हिन्दूहरु एकमत छन्, हिन्दूराष्ट्र हिन्दूहरुको एकमात्र एजेन्डा हो। अर्थात, हिन्दूवाद स्थापित नगरिए मर्न मार्न हिन्दूहरु तैयार छन्। अर्थात्, धर्मनिरपेक्षता हिन्दूहरुलाई मान्य छैन, हिन्दूत्वरक्षाप्रति संकल्पित छन्। कसरी ग्यारेण्टी गर्छन् खुमबहादुर, कुमार रेग्मीहरु कि हिन्दूत्वसँग राजावाद जोडिएको छैन। नेपालको सन्दर्भमा हिन्दूवाद भनेकै राजावाद हो। हिन्दूवाद र राजतन्त्रका वारेमा जनमत संग्रह गर्ने हो भने अत्यधिक मतले बिजयी हुनेछ।
०६५ साल जेठ १५ गते देखि राजा पन्छिए, जेठ मसान्तमा दरवार छाडेर नागार्जुनतिर हिडेका हुनाले लोकतन्त्रवादीहरुलाई भाषण गर्न सहज भएको छ। पूर्वराजाले राजधानीका सहरमा खुला रुपमा निस्किने हिम्मत गरिदिए भने लोकतान्त्रिक राजाको छवि झल्झलाकार रुपमा देखिने छ। आँखा नै तिरमिराउने खालको जनभीडलाई सुशील सरकार अथवा कुनै पार्टीका कार्यकर्ताले त्यो भीडलाई रोक्न वा छेक्न सक्नेछैन। पूर्व, पश्चिम, सुदूरपश्चिम, मध्य नेपालमा पहिला पहिला भएको पूर्वराजाको भ्रमण कास्टिङ मात्र हो। तीन दिन पूर्वराजा नागार्जुनबाट निस्केर बसन्तपुरको कुमारी, ललितपुरको बगलामुखी, भक्तपुरको नवदुर्गाको दर्शन गर्न पैदल हिड्ने हो भने कहिल्यै सहमतिमा नपुग्ने राजनीतिक दलहरुको सातो जानेछ। यसबाट थाहा हुन्छ: पूर्वराजा लोकतन्त्रको वाधक बन्न चाहदैनन्। पूर्वराजा संविधानको तगारो हुन खोजिरहेका छैनन्। पूर्वराजा सबै नेपाली मिलेर बसेको र राजनीतिक दलहरुले सुशासन गरेको हेर्न चाहिरहेका छन्। तर, पूर्वराजाका केही दृश्य अदृश्य दौडधुपले के देखिन्छ भने उनी स्थान खोजिरहेका छन्। हो, संविधानमा उनलाई यथास्थान (स्पेश) दिने हो भने राजा लोकतन्त्रको चुनौती बन्न चाहदैनन्। तर, संविधानसभाका सहमतिका प्रयत्नहरुमा हिन्दू र राजावादी भनिएको राप्रपा नेपाललाई निषेध गरिएको छ। जबकि राप्रपा नेपाल संविधानसभाको चौथो शक्ति हो। जनताको अभिमत पाएर आएको चौथोशक्तिलाई त ठूला राजनीतिक दलहरुले अछुत व्यवहार गर्छन् भने पूर्वराजालाई यिनले यथोचित स्थान देलान र? यो विषय पनि विवादको भुङ्गो बन्दै गएको छ, पूर्वराजाले हिम्मत गरे भने राजनीतिक मुद्दा बन्नेछ।
यो स्थितिमा खुमबहादुर भन्छन्: हिन्दूवाद राजावाद होइन। माओवाद लोकतन्त्र हो भन्दा गिरिजाले जुन गल्ती गरे, आज खुमबहादुरजस्ता वीपीवादीहरु गिरिजाकै गल्तीमार्गलाई (गल्ली) राजमार्ग भनेर दौडिरहेका छन्। यथार्थमा हिन्दूवाद सँगसँगै हिड्छ राजावाद। नेपालका सन्दर्भमा हिन्दूवाद भनेकै राजावाद हो। चेतना भया।
यस्तो छ पार्टीमा प्रचण्डको प्रस्ताव
क) क्रान्तिको नयाँ चरण र नयाँ संश्लेषणका सम्बन्धमा:
१. वर्ग संघर्ष र विचार संघर्षको वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय सन्दर्भमा पार्टी पुननिर्माणको प्रश्न वैचारिक, राजनैतिक, सांगठनिक र सांस्कृतिक क्षेत्रमा नयाा विकास र नयाा संश्लेषणसाग अभिन्न रुपले गाासिएको छ। यो ऐतिहासिक यथार्थ र आवश्यकतालाई गम्भीरतापूर्वक आत्मसात नगरी समाजवादी क्रान्तिको रणनीति अन्तर्गत क्रान्तिकारी पार्टी र क्रान्तिकारी नेतृत्वको विकास सम्भव छैन।
२. वित्तीय पुाजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्तिको प्रभाव, मौसम परिवर्तन र पर्यावरण विनासको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गम्भीर र आधिकारिक समीक्षा तथा नेपाली समाजको वस्तुपरक वर्ग विश्लेषण र समाजवादी क्रान्तिको रणनीति अन्तरगत कार्यनैतिक श्रृंखलाको स्पष्ट दिशासहित हेटौंडा महाधिवेशनको पार्टी कार्यदिशाको परिमार्जन र एकरुप बुझाइको विकासका निमित्त गम्भीर अध्ययन अनुसन्धान र बहसबिना नयाा संश्लेषण पनि असम्भव छ।
३. नयाा विचार संश्लेषण, यदि संगठनको तदनुरुप नयाा संरचना, नेतृत्व प्रणाली सम्बन्धि नयाा अवधारणा, कार्यशैली र आचरणको नयाा सांस्कृतिक मान्यताको विकाससाग अभिभाज्य र अभिन्न रुपमा अगाडि बढाइएन भने त्यो विचार संश्लेषण आदर्शवादी उपदेश मात्र बन्न जाने र भौतिक शक्तिमा रुपान्तरण भई संसार बदल्ने अभियानमा उपयोगी बन्न नसक्ने तथ्यप्रति सचेत रहन जरुरी छ। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र आफ्नै पार्टीको विचार र संग
४. उपरोक्त ऐतिहासिक संश्लेेषण, विश्व त्रध्कानित र नेपाली क्रान्ति नयाा चरणमा प्रवेश गरेको र त्यसले मर्क्सवाद–लेनिनवाद–माओवादको नयाा विकास र संश्लेषणको माग गरेको तथा तदनुरुप नयाा रणनीति र नयाा सांस्कृतिक मान्यताको विकास अनिवार्य भएको प्रारम्भिक प्रस्तावना र निष्कर्ष अगाडि बढेर मात्र सम्भव छ।
५. नयाा चरणमा क्रान्तिको विज्ञानमा नयाा अनुसन्धान र नयाा आविष्कारका लागि क्रान्तिका लागि क्रान्तिका सम्पूर्ण वैज्ञानिकहरुको अथक साधना मेहनत र प्रयोगको प्रक्रियाबाट गुजि्रनु अनिवार्य छ। यसको लागि नयाा महाधिवेशन र त्यसको तयारीको प्रक्रिया नै अनुसन्धान, प्रयोग र आविष्कारको वैधानिक र आधिकारिक प्रक्रिया हुनसक्ने कुरामा स्पष्ट नै छ। अतः मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकास, पार्टी कार्यदिशाको समग्र व्याख्या र परिमार्जन, पार्टी एकताको सुदृढीकरण र संगठनमा नयाा जीवन र गति पैदा गर्न तथा नेतृत्वहस्तान्तरण र रुपान्तरण सम्बन्धि समग्र मान्यताको विकासका निमित्त महाधिवेशनको योजनावद्ध तयारीमा जुट्नु आवश्यक छ।
ख) महाधिवेशनको तयारी र संगठननात्मक योजनाबारे:
१. विश्व क्रान्ति र नेपाली क्रान्तिको नयाा चरणको नयाा संश्लेषण र नयाा रणनीतिको समग्र विकासका निमित्त आगामी २०७२ साल माघको तेस्रो हप्तामा पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ। नयाा अनुसन्धानका निमित्त नयाा बहस र प्रयोगको प्रक्रिया हुादै सम्पन्न गरिने उक्त महाधिवेशनको सम्पूर्ण तयारी गर्ने आयोजक समितिको भूमिका विद्यमान केनद्रीय समितिले खेल्नेछ। पार्टी नयाा एकताको भाव र सन्देश सहित महाधिवेशनको ऐतिहासिक तयारीमा अगाडि बढ्न विद्यमान केन्द्रीय समितिका सबै तहहरु पोलिट्व्यूरो, स्थायी समिति र पदाधिकारीहरुको व्यवस्था अन्त्य गरिनेछ। केन्द्रीय समितिको वर्तमान अध्यक्षले महाधिवेशनबाट अर्को नेतृत्व निर्वाचित नहुादासम्म पार्टीको नेतृत्व गर्नेछ।
२. केन्द्रीय स्तरमा पार्टी दैनिक कार्य सञ्चालनका निमित्त विद्यमान वैचारिक बहस व्यवस्थापन समितिलाई नै केन्द्रीय कार्यालयमा रुपान्तरित गरिनेछ। र, विद्यमान महासचिवको नेतृत्व रहेको केन्द्रीय कार्यालयको सचिवालयका सदस्यले यथावत कार्य सञ्चालन गर्नेछन्।
३. महाधिवेशनको तयारी र पार्टी एकताको महत्वलाई केन्द्रविन्दुमा राखेर पार्टी, जवस, मोर्चा र विभागका जिम्मेवारहिरुमा आवश्यक फेरवदल सहित नयाा कार्यविभाजन गरिनेछ। जबस–मोर्चाहरुका अपूर्ण र स्थगित रहेका भेला, सम्मेलनहरु सम्बन्धित फ्य्राक्सन र पार्टी केन्द्रीय कार्यालयको समझदारीमा आगामी आषाढभित्र सम्पन्न भईसक्ने गरी तयारी र आयोजना गरिनेछन्।
४. महाधिवेशनका लागि दस्तावेजका तयारी अषाढ मसान्तभित्र एवम् जिल्ला सम्मे्लन र प्रतिनिधिहरुको निर्वाचन पौष मसान्तभित्र पूरा गर्ने गरी योजना निर्माण गरिनेछ।
५. महाधिवेशनको तयारी तथा एकताको ऐतिहासिक आवश्यकतालाई केन्द्रविन्दुमा राखी सबै जिलला समितिहरुलाई आयोजक समितिको भूमिकामा रुपान्तरण गरी नयाा जिल्ला सम्मेलनको तयारीमा अगाडि बढाइनेछ। संगठनात्मक रुपमले गम्भीर समस्या रहेका जिल्लाहरुमा एकता कायम गर्न केन्द्रबाट विशेष टेाली खटाई त्यसको रिपोर्ट समेतको आधारमा एक महिनाभित्र आवश्यक निर्णय केन्द्रीय कार्यालयले लिनेछ।
ग) तत्कालिन कार्यनीतिका सम्बन्धमा:
१. महान जनयुद्ध र विभिन्न जनआन्दोलनहरुका उपलव्धिहरुलाई संविधानसभा मार्फत नयाा संविधानमा संस्थागत गर्नु आजको पार्टी कार्यनीतिको मूल मर्म हो। त्यसअनुसार पहिचानमा आधारित संघीयता, गणतन्त्र, धर्मनिरेपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली नयाा संविधानमा सुनिश्चित गर्नु आजको प्रमुख राजनैतिक उद्देश्य
२. संविधानका आधारभूत विषयहरुमा आधारभूत रुपले सहमति नहुादासम्म विद्यमान परिस्थितिमा सरकारमा सहभागी हुनु वा सहभागिताका निमित्त वार्ता एवं चर्चा गर्नु समेत गलत हुने कुरामा पार्टी सचेत रहेको छ। संविधानका आधारभूत विषयमा सहमति भएमा वा विद्यमान राजनैतिक स्थितिमा ठूलो परिवर्तन आएमा मात्र सरकारमा सहभागिताको विषयप्रति विचार गर्न सकिनेछ। सरकार होइन संविधानमा सहमति नै आजको प्रमुख आवश्यकता रहेको तथ्यमा पार्टी स्पष्ट छ।
३. १२ बुादे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, मधेश, जनजाति लगायतका आन्दोलनमा भएका सम्झौता, सहमति र प्रतिवद्धताका विपरित नेपाली कांग्रेस, एमालेलगायतका पार्टीहरुले क्रान्ति र आन्दोलनका आधारभूत उपलव्धिका विरुद्ध जाने धृष्टता जारी राखेमा मुद्दामा समान सोच राख्ने राजनैतिक दल, संघसंस्था र समुदायकासाग मोर्चा बनाएर शान्तिपूर्ण र सशक्त जनआन्दोलनको दबाबका बलमा विगतका ऐतिहासिक सम्झौता अनुरुप सहमतिको संविधान निर्माणमा जोड लगाउनु पनि पार्टी कार्यनीतिकै अभिन्न अंग हुनेछ।
४. पहिचान बिनाको 'संघीयता', विगतमा झैंराजनैतिक अस्थिरता, विसंगति र विकृतिलाई प्रोत्साहित गर्ने शासकीय स्वरुप, संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल परिमार्जन नहुने न्याय प्रणाली तथा समानुपातिक समावेश सिद्धान्त विपरितको निर्वाचन प्रणाली पार्टीका लागि मान्य हुने छैनन्। प्रदेशहरुको संख्या होइन, संघीयताका लागि उत्पीडित समुदायको पहिचान र अधिकार सुनिश्चित गर्ने कुरा प्रमुख हुनेछ। त्यसैगरी राजनैतिक स्थिरता र आर्थिक सम्बृद्धिका लागि सकारात्मक वातावरण सिर्जना गर्न जनताको प्रत्यक्ष मतदानद्वारा निर्वाचत कार्यकारी प्रमुख रहने शासकीय स्वरुप संवैधानिक अदालतसहितको न्याय प्रणाली तथा विपन्न वर्ग समेत उत्पीडित जनसमुदायको समूचित प्रतिनिधित्व सुनिश्चित हुने समानुपातिक समावेशी सिद्धान्तमा आधारित निर्वाचन प्रणालीका निमित्त दृढतापूर्वक उभिनु आजको आवश्यकता हो।
५. उपरोक्त कार्यनैतिक उद्देश्य हासिल गर्न सिंगो पार्टीलाई एकतावद्ध र गतिशील पार्ने, देशव्यापी रुपमा जनसम्बन्ध सुदृढ गर्ने तथा व्यापक जनपरिचालनका मुद्दामा समानता राख्ने शक्तिहरुसाग मोर्चा बनाएर अगाडि बढ्नु पार्टीको तात्कालीन नीति कायम नै रहेको छ।
घ) पार्टीको तात्कालिक योजना र कार्यक्रमको रुपरेखा:
१. संविधानसभाबाट अधिकतम जनपक्षीय संविधान निर्माणका निमित्त संविधानसभाभित्र र बाहिर पार्टीको पहल बढाएर लाने।
२. महाधिवेशनको तयारी सम्बन्धि समग्र विषयमा पार्टीमा एकरुप बुझाइका निमित्त राज्यस्तर
४. नयाा निर्णय र कार्य विभाज अनुसार पार्टी संगठन, जबस, मोर्चा र विभागहरुलाई सुदृढ र विस्तार गर्ने।
५. जनताका दैनिक र ज्वलन्त समस्याहरुलाई लिएर विभिन्न स्तर र रुपका आन्दोलनका नेतृत्व गर्दै जनसम्बन्ध सुदृढ गरी आगामी स्थानीय एवं केन्द्रीय निर्वाचनको तयारी समेतको योजना बनाएर अघि बढ्ने।
ङ) पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताबारे:
१. विभिन्न माओवादी पक्षहरुसाग महाधिवेशनको तयारीका सन्दर्भमा नै पार्टी एकता हासिल गर्न विशेष जेाड लगाउने, त्यस प्रकारले पार्टी एकताको स्थिति आएका केन्द्रीय समिति भंग गरी एकीकृत आयोजक समिति बनाएर महाधिवेशनमा जाने।
२. संविधान निर्माणका आधारभूत विषयहरुमा समान धारणा राख्ने राजनैतिक दलहरुसाग संयक्त मोर्चा बनाएर जाने। पार्टी नीतिलाई अझै प्रभावकारी बनाएर लैजाने। यसका साथै राष्ट्रियता, जनतन्त्र एवं जनजिविकाका आधारभूत विषयमा राजनैतिक संयुक्त मोर्चा बनाएर जाने कुरामा पनि पार्टीले पहल बढाउनु पर्दछ।
३. जनपक्षीय संविधान निर्माण लगायत राटिष््रय, जनतन्त्र एवं जनजिविकाका जनताका ज्वलन्त समस्याहरुलाई निरन्तर जुझारु आन्दोलन सञ्चालन गर्ने, पार्टीका नेतृत्वमा रहेका जबस, जातीय, क्षेत्रीय मोर्चाहरुलाई योजनावद्ध रुपमा अघि बढाउने।
४. कुनै खास मुद्दामा सहमत हुने राजनैतिक दल, संघसंस्थाहरुसाग खास अवधिका लागि कार्यगत एकता गरेर जाने नीतिको प्रभावकारी कार्यान्वयन गर्ने। \u000a ५. मधेशी, आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम, विपन्न बर्गका मजदुर, किसान एवं उत्पीडित क्षेत्रका जनतासाग व्यापक मोर्चा कायम गर्न विशेष जोड लगाउने।


