भारतबाट कालीबाबा नेपाल आएका छन्। २०६३ सालतिर राजतन्त्र टिकाउन खुर्सानीको होम गरेको हल्ला थियो, अहिले गणतन्त्र र धर्मनिरपेक्षतालाई संवैधानिक बनाउने बेलामा कालीबाबा फेरि आएका छन्। त्यसो त बाबाहरु आध्यात्मिक हुन्छन्। यी कालीबाबा राजनीतिक बाबा हुन् कि के हो? यिनले भनेका छन्– नेपाल हिन्दूराष्ट्र थियो, हिन्दूराष्ट्र नै रहनेछ। म नेपाललाई हिन्दूराष्ट्र पुनर्स्थापना गराउन नेपाल आएको हुँ। हिन्दूराष्ट्रका लागि हिन्दूहरु उठेका छन्। जसरी हिन्दूहरु धर्मरक्षाका लागि उठ्नुपर्थ्यो थियो। हिन्दूहरुलाई उठाएर सडकमा ल्याउने कुनै मन्त्र छ कालीबाबा?


