Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

भारतीय दूतावाससामु कालो झण्डा

३२ सोमबार , श्रावण २०७२१० बर्ष अगाडि

भारतको स्वतन्त्रता दिवसका अवसरमा सन् १९४७ अगष्ट १५ पछि भारतको अधीनमा रहेको सुगौली सन्धि पूर्वको नेपाली भूभागको स्वतन्त्रता र गत मे १५ का दिन बेइजिङ्गमा चिन र भारतका प्रधानमन्त्री बिच भएको ४१ बुँदे सहमतिको २८ औं बुँदामा नेपालको लिपुलेकबाट ब्यापारिक नाका खोल्ने निर्णय बदर गरियोस् भन्ने माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय दूतावास अगाडि कालो झण्डा देखाउदै बिरोध प्रदर्शन गरेको छ।  
१५ अगस्त अपरान्ह दूताबास अगाडि भएको उक्त बिरोध प्रदर्शनमा प्रदर्शनकारीहरुले हातमा कालो झण्डा लिँदै भारत बिरोधी नारा लगाएका थिए। दूताबासभित्र भारतको ६९ औं स्वतन्त्रता दिवस मनाइरहँदा दूताबासको पूर्वी ढोका अगाडि ग्रेटर नेपालका कार्यकर्ता र समर्थकहरु उग्र नाराबाजीमा उत्रेका थिए। सुगौली सन्धि मान्दैनौँ, लिपूलेकमाथि भएको सहमति च्यात्छौँ च्यात्छाँै, असमान सन्धि खारेज गर, भारतीय बिस्तारवाद मुर्दावाद, भारतीय सेना कालापानी छोड लगायतका नारा लगाउँदै हातमा कालो झण्डा लिएका प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर दूताबासको मुख्यद्धारमा कालो झण्डा बुझाउन जान खाजेका थिए। यस क्रममा प्रदर्शनकारीहरु माथि नियन्त्रण कायम गर्न सयौं प्रहरीहरुलाई हम्मे हम्मे परेको थियो।

मोर्चाको बिरोध जारी रहँदा उपराष्ट्रपति लगायत नेपाल सरकारका मन्त्रीहरु र पार्टीका नेताहरु दूताबासबाट बाहिर निस्केका थिए। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा जुलुस नारा लगाउँदै दूतावास अगाडि पूगेको थियो। जुलुसमा उपस्थित कार्यकर्ता र समर्थकहरुलाई सम्बोधन गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउँदा नेपाली भूभाग पनि स्वतन्त्र भएको हेक्का नराख्नु लाजमर्दाे भएको बताए। जुलुसमा ३३ दलीय बन्दकर्ता पनि सामेल थिए।