Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

ओलीविरुद्ध माधव गुटको तगारो

३२ सोमबार , श्रावण २०७२१० बर्ष अगाडि

माधवकुमार नेपालले आफ्ना गुटलाई गोप्य सर्कुलर गरेर समानान्तर 'एमाले' चलाएको मात्र होइन, ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने प्रयास पनि सुरु भइसकेको छ । एमाओवादीका वर्षमानलगायतका केही नेताले प्रच48डलाई बेखुसी पारेर कसरी ओली प्रधानमन्त्री बन्नसक्छन् र? भन्ने प्रश्न उठाइरहेको स्थितिमा एमालेभित्रै माधवकुमार नेपालले तगारो ठड्याउन थालेपछि केपी ओलीको सिंहदरवारको लगाम आफ्नो हातमा लिन सोचेजति सहज नहुने विश्लेषण गर्न थालिएको छ।
स्मरणरहोस्, आफू पक्षका पाँचै विकास क्षेत्रका अगुवाहरु भेला गरेर माधवकुमार नेपालले गोप्य छलफल गरिसकेका छन्। खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई राजीनामा दिन भनेको विषय चर्किएपछि ओलीको माधवसँग दूरी नवौं महाधिवेशनको प्रतिस्पर्धाको तुष बढेर खिल पल्टिएको हो भने ओलीले माधवकुमार नेपालको माग संवोधन गरेर सम्बन्ध सुधार नगर्ने हो भने उनलाई प्रधानमन्त्री बन्नसक्ने मौका गुम्न सक्ने खतरा बढेर गएको छ। संविधान घोषणा गरेको ७ दिनभित्रै प्रधानमन्त्री बन्ने ओलीको जोश पानीको फोको जसरी फुट्ने त होइन?
साउन १६ गते वानेश्वरमा आफ्ना पक्षको भेलामा माधवकुमार नेपालको ओलीप्रतिको अहाक्रोस डरलाग्दो देखिएको उनका कार्यकर्ताले बताएका छन्। 'टिट फर ट्याट' ओलीप्रति माधवकुमार नेपालले आफ्नो नीति यसरी स्पष्ट पारेका थिए।
ओलीले पार्टी निर्णयमा एकलौटी पार्छन्, आफ्नो मौजा सम्झन्छन् भने सबैतिर प्यारालल भएर अघि बढ्ने हो। एमालेभित्र गुटबाजीको समस्या चर्को हुँदै गएको छ। ओलीको नेतृत्वको एमाले कतै वामदेवले माले फुटाएजस्तै फुट्ने त होइन? खतरा देखिएको छ।
माधवकुमार नेपालको आगामी प्रहार अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा हुनेछ। अनेरास्ववियुको नेतृत्व हत्याएर ओलीलाई गाल्ने रणनीति माधवकुमार नेपालको छ। बिरालोको घाँटीमा घ48टी झु48ड्याउने यो खेल ओलीजस्ता चंख नेताले बुझेका छन् र उनी प्रतिस्पर्धीलाई कसरी ठेगान लगाउने भन्ने जान्दछन्। उनका लागि प्रच48डजस्ता नेता त दहीच्यूरा बनिसकेका स्थितिमा माधवकुमार नेपाल किस खेतकी मुली? भनेर ओली पक्षधरहरु माधव नेपाललाई बाल नगन्ने पक्षमा उतर्सिएको दृश्य पनि राजनीतिक फाँटमा रमाइलो मेलाजस्तै बनेको छ।
यद्यपि माधवकुमार नेपालले आफ्नो पक्षलाई बैरी ठानेर पेलेरै जाने हो भने ओलीलाई प्रधानमन्त्री बनाउन किन  लाग्ने? भनेर खुलिसकेका छन्। हामीलाई फरक व्यवहार गर्ने हो भने सुशील हुनु वा ओली हुनुमा के फरक पर्छ र? यतिखेर प्रच48ड नै केपी ओलीलाई प्रधानमन्त्री बनाउन लागिपरेको दृश्यले सबैभन्दा बढी माधवलाई आश्चर्यमा पारेको छ र उनलाई यो दृश्य अपच मात्र होइन, ओली प्रधानमन्त्री बन्लान् त भनेर भतभती पोल्ने विषय बनेको देखिन्छ160। प्रच48डको साथ र सहयोग लिएर ओली जसरी पनि संविधान निर्माण र जारी गर्ने अगुवा बनेका छन्। यसरी हेर्दा प्रधानमन्त्री बन्ने मार्गमा ओलीका लागि कुनै प्रतिस्पर्धी पार्टीभन्दा माधव नै तगारोको रुपमा तेर्सिएका देखिदैछन्।