Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कानुन थाहा छैन भन्न पाइन्न

२५ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

अधिवक्ता गंगा दहाल –
कानुनको अज्ञान्ता क्षम्य हुँदैन । कानुनले कसैलाई पनि क्षमा दिदैन । यो नियम देवानी वा फौजदारी कानुनमा लागू हुन्छ । कानुन जानेको छैन भन्ने आधारमा दायित्वबाट कसैले पनि मुक्ति पाउने छैन यदि कुनै ब्यक्तिले कुनै कुरा थाहा पाएको छैन भने पनि निज ब्यक्तिले कानुन उल्लंघन गरेको  ठहर्छ । निज ब्यक्ति उसले गरेको कार्य प्रति उत्तरदायी हुनैपर्छ । कानुनले ब्यक्तिले कानुन नजानेको भएता पनि अज्ञान छ भन्ने बुझ्दैन । यदि अज्ञानतालाई माफी दिइने हो भने कुनै पनि ब्यक्तिले कानुनको विषयमा थाहा भए पनि आफू अज्ञान छु, कानुन जानेको छैन भनी दाबी गर्नसक्छ, उन्मुक्तिको बाटो दुरूपयोग गर्नसक्छ । आफ्नो दायित्वबाट पन्छिन सक्छ भने मान्यता रहेको छ । यसै कारणले कानुनको ज्ञान सबैलाई हुन्छ भन्ने रहेको छ । वास्तवमै ब्यक्तिले कानुन नजानेकै हुन सक्छ तर पनि यसो भन्दैमा उनीहरूलाई कानुनले क्षमा दिदैन । नेपालमा सबै कानुनहरू राजपत्रमा प्रकाशन हुन्छन् । राजपत्रमा प्रकाशन नगरी कुनै पनि कानुन लागु हुन सक्दैन ।
जो कोही ब्यक्ति कानुनले बाधिएको हुन्छ । यदि कुनै पनि ब्यक्तिले आफुलाई कानुनको बारेमा केही पनि जानकारी भएन भनी आफुमाथी लगाइएको अभियोगबाट मुक्ति पाउन खोज्छ भने त्यो क्षम्य दावी होइन, हुनसक्दैन । यस्तो अवस्थामा झुटो बोलेको छ छैन छुट्याउन सकिदैन । त्यसका लागी न्याय अन्याय छुट्याउने कानुनहरू उपलब्ध हुन्छन् । कानुन उलंघन गर्न हुदैन भनेको कुरा प्रायः जसो सबैले जानेको हुन्छ भन्ने अपेक्षा कानुनले गर्दछ । तसर्थ  प्रकाशित कानुनका बारेमा थाहा पाउनु र त्यस कानुनलाई पालना गर्नु नागरिकको जिम्मेवारी हुन्छ । यसलाई देवानी न्याय प्रणालीको आधारभूत सिद्धान्तका रूपमा लिइन्छ ।