गोपीचन्द्र कार्की- - -
ङातपोल (पा“चतले मन्दिर)
ङातपोल मन्दिर भक्तपुरको टौमढी टोलमा रहेको छ । यो प्यागोडा शैलीको पाँचतले मन्दिर हो । आजभन्दा ३१९ वर्ष (२०७८ साउन ९) अघिको पुरानो मन्दिर हो । यो मन्दिर ने.सं ८२२ असार शुक्ल प्रतिवदामा निर्माण पुराभै पहिलो वर्षगाँठ मनाएको मानिन्छ । राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको इतिहास छ । मन्दिरभित्र सिद्धिलक्ष्मी देबीको मूर्ति रहेको छ । नेपाल भाषामा ङात भनेको पाँच (काठमाडौंमा न, भक्तपुरमा ङ भनिन्छ ) र पोल भनेको तले भएकोले यो मन्दिरको नाम ‘ङातपोल’ अर्थात पाँचतले मन्दिर रह्यो । यसै पांचतले मन्दिरका नामले यो विश्वप्रसिद्ध रहेको छ । भक्तपुरको सान बनेर ठडिएको छ ।
अहिले पनि ङातपोलको पहिलो वर्षगाँठलाई संझेर आजसम्म निरन्तर हरेक वर्ष वर्षवन्धनका रूपमा बनाउँदै आइरहेको पाइन्छ । असार शुक्ल प्रतिपदाको दिन बोका (नेपाल भाषामा ‘छाग’) तथा हाँसको बलि दिएर वर्षवन्धन पूजा गरिन्छ । यस वर्ष अर्थात २०७८ मा ११९सौं बर्षवन्धन मनाइयो । ङातपोल मन्दिरमा वर्षको दुईपटक वर्षवन्धन पूजा र दशैंको महानवमी पूजामा मात्र बलि पूजा हुन्छ ।
वर्षबन्धन पूजाका दिन मन्दिरको गजुरमा झन्डोत्तोलन गर्ने परम्परा छ । भक्तपुरका तुछिमला निवासी अवालेहरूले मन्दिरको गजुरमा पुगि झन्डोत्तोलन गर्दछन् । यस ङातपोल मन्दिर निर्माण गर्दानै मन्दिर भित्रबाटै दुई तला माथिसम्म पुग्न सकिने गरी बनाइएको छ । अरू तीन तलामा जान भने दक्षिणतर्फको छाना खोल्न मिल्ने गरी प्वालपारी ढकनीको व्यवस्था गरिएको छ । यसरी छाना हुंदै पाँचौ तलासम्म पुग्न सकिन्छ । यो मन्दिर उतिवेलाका पूर्खाहरूले कति वलियोसँग बनाएका रहेछन् भने १९९० सालको भूकम्प आउँदा पनि यसको माथिल्लो तल्लामा मात्र क्षति पु¥याएको रहेछ । अहिले २०७२ साल बैशाख १२ गतेका दिन आएको विनाशकारी भूकम्पले पनि मन्दिरको माथिल्लो तल्लामात्र केही क्षति पु¥याएको थियो । यसपटक पनि पुनर्निर्माण भै भक्तपुरको सान वनेर उभिएको छ ङातपोल (पाँचतले) मन्दिर ।