Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

लायन्स क्लवमा स्याल पस्यो

२५ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

लायन्स क्लव इन्टरनेशनलमा स्याल पसेको छ। गत महिना अमेरिकाको होनोलुलु हवाईमा सम्पन्न भएको ९८औं महाधिवेशनमा भाग लिन भनेर नेपालका निर्देशक सञ्जय खेतानले प्रतिव्यक्ति १० लिएर सहभागी हुने सूची जारीमात्र गरेनन्, अमेरिकी दूतावासमा सिफारिस गरेर भिसासमेत दिलाए। तर, अमेरिकी दूतावासको अनुसन्धानबाट गलत व्यक्तिलाई भिसा जारी भएको सूचना पाएपछि तिनको पिछा गरियो र ९ जना न्यूयोर्कमा पुगेपछि समातिए। उनीहरुसँग हवाईसम्म पुग्ने टिकटसमेत थिएन।

पक्राउ परेपछि तिनले नफर्कने गरी आएको बयान दिएका थिए। तिनीहरु सबैलाई न्यूयोर्कबाटै नेपाल फर्काइयो। लाइन्स क्लवको इतिहासमा यो सबैभन्दा कालो घटना बन्न पुगेको छ। यसैवीच लाइन्स क्लव इन्टरनेशनल र अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ को सहभागितामा विभिनन लोककल्याणकारी कार्यक्रम सञ्चालन गर्ने भनेर  अन्तर्राष्ट्रिय दाताहरुबाट निकै मोटो रकम सहयोग प्राप्त गरेपछि त्यो रकम भागशान्ति जय नेपाल गरिएको उजूरी अख्तियारमा परेको छ। अख्तियारले प्रारम्भिक छानबिनमै भ्रष्टाचार भएको प्रमाण पाइसकेकोले के कारवाही गर्छ, त्यो भने प्रतिक्षाकै विषय बनेको छ। यद्यपि यो भ्रष्टाचार काण्ड पनि लाइन्स क्लवको इतिहासमा अर्को कालो धब्बाका रुपमा अंकित हुनपुगेको छ। लाइन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक सञ्जय खेतान यतिबेला मारवाडी समुदायमा समेत घृणाका पात्र बन्न पुगेका छन्। यिनै खेतानले कलंकी भैंसी बजारमा लाइन्स क्लवको भवन खरिद गर्दा एकैपटक ५० लाख हजम गरेको सनसनी अझै सेलाएको छैन। यसबाहेक गरिबीका रेखामुनीका रुबेलालगायतका खोप कार्यक्रमहरुमा पनि खेतानले खेती गरेको खबर समाज कल्याण मन्त्रालयसम्म पुगिसकेको छ। गरिवका नाममा समेत भ्रष्टाचार गर्ने यी कस्ता अन्तर्राष्ट्रिय स्तरका समाजसेवी हुन्? के लाइन्स क्लवको सपथ भ्रष्टाचार गर्ने भनेर लिएका थिए यिनले? खेतान नेपाल हर्ट फाउन्डेसन, नेपाल रेडक्रस सोसाइटी, नेपाल इन्जिनिनियारिङ एसोसिएसन, नेपाल नेत्रज्योति संघ, आदिवासी जनजाति संरक्षक समाजमा समेत संलग्न छन् र यिनी पेशा (इन्जिनियर), पैसा र मारवाडी समाजमा लव्धप्रतिष्ठित मानिन्छन्। तर यसपटकको अमेरिका टुर र भ्रष्टाचारले उनको इज्जत खरानी हुनपुगेको छ।