Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

०४७ ले प्रचण्ड जन्मायो, ०७२ ले लेनिन जन्माउछ?

२५ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

आगो बल्न थाल्यो, हतियार उठाउने धमास सुनिन थाल्यो। संविधानको हतारोले र बहुमतको अहंकारले अर्को जनयुद्ध नजन्मियोस्। मस्यौदामा जनआवाज संवोधन गर। जनाआक्रोसलाई समन गर। ०४७ सालको उत्कृष्ठ संविधानले प्रचण्ड जन्मायो, ०७२ सालको चार दलको संविधानले लेनिन जन्माउाछ? ६५ वर्षदेखि निरन्तर प्रजातन्त्रको अभ्यास भइरहेको यो कस्तो देश हो? कांग्रेस, एमाले, एमाओवादी र मधेसको एक टुक्रेले गरेको १६ बुादे सहमतिले  संविधान बन्छ भने बााकी राजनीतिक शक्तिहरुले आफ्नो औचित्य खोज्दै जाादा फेरि उही द्वन्द्व, उही आक्रोस, उही आन्दोलन? शान्ति दिदैन, मस्यौदा नै च्यातिन्छ भने संविधान कसरी चल्न सक्छ, कसरी राष्ट्रिय सम्पत्ति हुनसक्छ? किन ठूला चार दलले देशलाई सहमतिमा लिन सकेनन् र सिण्डिकेट चलाए, सिण्डिकेटलाई लोकतन्त्र भनिरहेका छन्? महिला, दलित, पिछडा, सिमान्तकृत समुदाय नै यो संविधानको मस्यौदका विरुद्धमा छन् भने संविधान कसका लागि बन्दैछ? फेरि मच्चिने छ– कि मधेस देउ, कि छुट्टै देश। यस्तै नारा घन्किने छ– मेचीदेखि महाकालीसम्म। आधारातमा संविधानको मस्यौदा प्रतिवेदन संविधानसभामा पेश भएपछि संविधानसभाभित्रै च्यातियो, रौटहटदेखि विभिन्न जिल्लामा जलाइयो। ६ प्रदेशको खाकाले देश टुक्य्राउने, मधेस र महिला, पिछडाबर्ग र मजदूरको हित नगर्ने भन्दै कतै बन्द, हड्ताल, कतै धर्ना, जुलुस निस्किन थालिसके। खोई हिन्दूधर्म भनेर आन्दोलन सुरु भइसक्यो। राप्रपा नेपालले साउन २९ गते संविधानसभा घेर्ने कार्यक्रमको घोषणा गरिसकेको छ।