Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हिन्दूवादको सशक्त प्रतिवाद

२५ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

मृत्युपत्रमा सही गरौं कि नगरौं द्विविधामा छु भन्ने डा.बाबुराम भट्टराईले आइतवार राति संविधानको मस्यौदा प्रतिवेदन संविधानसभामा पेश गरेका छन्। सभाध्यक्षले आजैदेखि प्रतिवेदनमाथि छलफल कार्यक्रम राखेका छन्। कांग्रेस, एमाले, एमाओवादी र गच्छदारले समर्थन गरेकाले यो मस्यौदा प्रतिवेदन छलफल र सामान्य संशोधनको नाटक देखाएर पास हुने र यही नै नेपालको संविधान २०७२ भनेर सार्वजनिक हुने निश्चित छ। मस्यौदा प्रतिवेदन टेबुल गर्दा नगर्दै संविधानसभामा मस्यौदा च्यातियो, होहल्ला भयो। देशव्यापी रुपमा तीब्र असन्तोष र रौद्र रुपले देश ढाक्न थालेको छ। डा.बाबुराम भट्टराई होहल्लाका वीचमा मस्यौदा प्रतिवेदन टेबुल गर्न भन्दै थिए– पञ्चायतका भूतहरु जाग्नथाले। तिनले केही गर्न सक्दैनन्, अव संविधान बन्यो। त्यति नै बेला आवेग र आक्रोसले आगो बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मस्यौदाको मस्यौदा प्रतिवेदनको प्रति च्याति दिए र घोषणा गरे– अव सशक्त प्रतिवाद गर्ने निर्णयमा पुग्यौं।  
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको निष्कर्ष छ– मध्यराति सिमांकनसहितको ६ प्रदेशमा सहमति गरेका ४ दलले ६ प्रदेशसहितको संविधानको मस्यौदा पेश गरेका छन्। यो संघीयताले अव देश टुक्रिने पक्का भयो। ८ जिल्ला छुट्याएर ४ दलले जबर्जस्ती बिखण्डनको बिउ रोपे।
उता दाङदेखि रुकुमसम्म बन्द आह्वान गरिएको छ। बाग्लुङमा आन्दोलन सुरु भइसक्यो। आदिवासी जनजातिले उद्घोष गरेका छन्– ६ प्रदेशको संघीयता मान्दैनौं। प्रमुख दलसँग नाता जोडिएका जनजाति र जनजाति नेताहरु किन भड्किए रहस्यमय दृश्य बनेको छ। देशव्यापी र राजधानीमा दलितको अधिकार कटौति गरेको बिरोधमा दलित समुदायको चोस्रो चरणको आन्दोलन चर्किएको छ। दलित आन्दोलनमा दलत महिला नेतृ, सभासद, अधिकारकर्मीसमेत सामेल भएको देखियो।

अखण्ड सुदूरपश्चिमको आन्दोलन फिर्ता भए पनि माओवादी उद्गमस्थलहरु सबै प्रचण्ड र बाबुरामप्रति असन्तोष प्रकट गरिरहेका देखिन्छन्।
आश्चर्य त के पनि छ भने प्रमुख ४ दलभित्रैबाट ६ प्रदेशप्रति बिरोध सुरु भएको छ। मधेसकेन्द्रीत विजय गच्छदारबाहेकका दलहरुले यो मस्यौदा प्रतिवेदन अस्वीकार गर्ने घोषणा गरेका छन्। कांग्रेसका सभासद सुरेन्द्र चौधरीले मधेससँग प्रतिशोष साध्ने काम भएकोमा चर्को आवाज निकालेका छन्। चौधरीले संविधानसभामा विदेशीसँग लड्न सजिलो थियो, आफ्नै देशका तानाशाहहरुसँग लड्न गाह्रो भयो भन्दा सभासदहरुले टेबुल ठोकेर समर्थन जनाएको दृश्य पनि देखियो। बिरोध गर्नेहरुमा एमाओवादीका गणेशमान पुन, उमेश यादवले जयजयकार, दिपावली हुन सकने किन, मस्यौदाले कालो धब्बा लगायो भनेर रिस पोखे। अझै समय छ, संशोधन गर, थरुहठ प्रदेश दउ भनेर सभासद गौरी शंकर चौधरी कराईरहे, कसैले सुनेनन्। यस्तो सिमांकनले द्वन्द्व निम्त्याउँछ भन्ने दावी थियो फोरम लोकतान्त्रिकका सभासद जनकराज चौधरीको। सभासद शिवलाल थापाले ठूला नेताले आफ्नो लागि संविधान बनाउन लागेका हुन्, आदिवासी, दलित, मधेसी आन्दोलनमा जान तैयार छन् भनेर धम्की

दिन भ्याए। मस्यौदाको विरोधमा सभासद विश्वेन्द्र पासवान सभामुख सामु पलेटी कसेर बसे। तर, ४ दल र सभाध्यक्षले कुनै बिरोधको सम्मान गरेनन्। कसैको सुनेनन्। आजबाट मस्यौदामाथि छलफल गरेर पास गर्ने निर्णयमा चार दलको मतो मिलिसकेको छ। पहिले राजाले संविधान लादे भनिन्थ्यो, अहिले चार दलले संविधान लाद्न लागेका छन्। राजाका विरोध गर्नेहरु महाराजाका आदेश मान्लान् कि नमान्लान्? र, राप्रपा नेपाल र हिन्दूराष्ट्र महाभियान चलाउने खुमबहादुर खड्का समूह, हतियार उठाउन तैयार रहेका कमलनयानाचार्य, आफूलाई सहादत गर्न तत्पर रहेको भाषणवादी हिन्दूधर्मभिरुहरु नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न गराउन सशक्त आन्दोलन गर्ने भनिरहेका छन्। त्यो आन्दोलन चर्काउन सके चार दल हिन्दूराष्ट्र घोषणा गर्न बाध्य हुनेछन्। संविधानसभाभित्र राप्रपा नेपालका २५ सभासद विरोध गर्ने र संविधानसभालाई ९४ प्रतिशत हिन्दूहरुले घेर्ने हो भने मात्र यो संविधानको मस्यौदामा संशोधन हुनसक्छ। अन्यथा डा.बाबुराम भट्टराईले भनेझैं धर्मनिरपेक्षताबाट संविधान अछुतो रहनसक्दैन। त्यसै पनि क्रिश्चियनहरुले जति चाहिन्छ पैसा दिन्छौं, धर्मनिरपेक्षताबाट तलमाथि हुनुहुन्न भनेर लामो समयदे िउद्घोष गरिरहेका छन्।
हिन्दूहरु खाली भाँडो बजेझैं बज्छन् मात्र कि यिनको एकता र प्रतिवद्धतामा इमान्दारिता पनि छ। परीक्षाको घडी हिन्दूवादीहरुको आयो। हिन्दूवाद र हिन्दूवादीले आफूलाई यो बेलामा पनि एकताकासाथ प्रमाणित गर्न सकेनन् भने नेपाल क्रिश्चियन राष्ट्र भयो।