Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सेनाकी सैनिक जवानलाई सलाम

२४ सोमबार , जेठ २०७८३ बर्ष अगाडि

काठमाडौं । बाढी पहिरो आउँदा आफै सुतेर पुल बन्ने, भूकम्प आउँदा आफै होमिएर राहत दिने, कोरोनाको महामारीमा मलामी बनेर छोरा छोरीको धर्म निर्वाह गर्ने नेपाली सेनाले रक्तदान र उपचारमा खटिएकै छ, सेनाकी एक जवानले एक सुत्केरीको ज्यान बचाएर ठूलै काम गरेकी छिन् । सलाम ती सैनिक जवानलाई ।
कोरोनाको महाविपत, रगतको अभाव, उपचार नपाइने अवस्थामा पनि रगत कम भएर मृत्यु निकट पुगेकी जनकपुरकी एक सुत्केरीलाई नेपाली सेनाकी एक महिला सैनिक जवानले रगत दिएर बचाएकी छिन् । समाचार अनुसार सर्लाहीको ब्रह्मपुरी गाउँपालिका—२ बस्ने रीनादेवी गुप्ता सुत्केरी हुने क्रममा शरीरबाट अत्यधिक रक्तस्राव भई गम्भीर अवस्थामा श्रीराम अस्पतालमा छटपटाइरहेकी थिइन, उद्धार ग¥यो सेनाले ।
रगत नपाएर मर्न लागेको विरामी र तिनका आफन्तलाई थाहा छ, छटपटी र अतासलाग्दो अवस्था कस्तो हुन्छ । यो अवस्था थाहा पाउनासाथ सैनिक जवान मनिका तामाङले उनलाई रगत दिइन् र बचाइन् । यो भन्दा ठूलो काम के हुनसक्छ ? यस्तो महामारीमा पनि पैसा कमाउन र कमिशन खान पल्केका, आफन्तलाई मात्र सोच्नेहरूले नेपाली सेनाको यो कर्तव्यपरायणताबाट सिक्नुपर्छ ।
आमनागरिकको अक्सिजनको, नेताको इज्जतको लेभल घट्यो । संविधानलाई त बहुलाईको फरिया नै बनाइयो ।