काठमाडौं । चीनको सहयोगमा भेन्टिलेटरपछि एकै डोज हाले पुग्ने ‘पाक भ्याक’ खोप पनि विकास ग¥यो पाकिस्तानले । शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने सिख पाकिस्तानले दिएको छ । यो उपलव्धिलाई पाकिस्तानले ‘इन्कलाब’ अर्थात् क्रान्तिका रूपमा व्याख्या गरेको छ ।
पाकिस्तानमा यो खोप सार्वजनिक भइरहेको छ । पाकिस्तानी स्वास्थ्यकर्मी, अनुसन्धातालगायत विशेष सहयोगका लागि चीनलाई पनि धन्यवाद दिएको खबर छ । एस्ट्रेजेनेका भन्दा सिनोफोमको माग पाकिस्तानमा बढी रहेको र पाक भ्याकले जनताको मन जित्ने, जनतालाई बचाउन सकिने विश्वास पाकिस्तानले लिएको छ । पाकिस्तानले भनेको छ– ‘अब हामीले आफ्नै खोपलाई प्राथमिकता दिनुछ, किनकी हामीले यो चीनसँग मिलेर बनाएका छौँ र यो क्रान्ति हो । हामी क्रान्ति जित्न सफल भएका छौं ।’