Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

उर्जाशील जनाशक्ति विदेशिदा मुलुलको आर्थिक सम्बृद्धी पछाडी धकेलियो

२४ आइतबार , श्रावण २०७२१० बर्ष अगाडि

काठमाडौ। मुलुकको आर्थिक सम्बृद्धिका लागि वर्षेनी लाखौंको संख्यामा बिदेशिने युवाहरुलाई स्वदेशमै रोक्नपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।  रोजगारी र सम्बृद्धिका लागि आर्थिक क्रान्ति नामक एक अभियानले शनिबार राजधानीका आयोजना गरेको कार्यक्रममा उपस्थित उद्योगी व्यवसायी र युवाहरुले सो कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै नेपाल सरकारका निवर्तमान मुख्य सचिव लिलामणी पौडेलले मुलुकको उर्जाशील जनाशक्ति विदेशिदा मुलुलको आर्थिक सम्बृद्धी पछाडी धकेलिएको बताए। उनले यसलाई रोक्नका लागि पहिलो कुरा संस्कारको खाँचो रहेको बताए। सानैदेखि बालककलाई मुलुकमा शारिरीक श्रम गर्ने नपढेको मात्रै हो भन्ने प्रवृत्तिले बच्चाले युवा हुँदा पनि त्यो कुरा नविर्षिने र सवदेशमा सबै काम गर्न नसक्ने तर्क राखे। 'हामी आफ्नो बालकलाई सानै देखि नपढेको मान्छेले मात्रै शारिरीक श्रम गर्छ त्यसैले पढ्नुपर्छ भन्ने सिकाउँछौं, तर पढेर शारिरीक श्रम गर्नुपर्छ भन्ने सिकाउँदैनौं'। उनले थपे, 'त्यसैले श्रमको सम्मान गर्नका लागि पहिलो कुरा आजै देखि अभिभावकले आ–आफ्नो बालबच्चालाई श्रमको सम्मान गर्ने संस्कार सिकाऔं।'  सरकारले नेपाली युवाको श्रमको सम्मान गर्दै श्रमको उचित न्युनतम ज्याला सहित विभिन्न तालिमहरु दिनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरीभक्त शमाृले नेपाली युवाहरुसँगृ उर्जा हुँदाहुँदै पनि दृढ आत्मविश्वाशको कमी देखिएको बताए। उनले यहा लगानी भन्दा पनि श्रमशक्तिकै कमी रहेकाले शक्तिलाई श्रमममा बलल्नुको विकल्प नरहेको बताए। 'नेपाली युवाहरुसँग उर्जा छ, तातो रगत छ रगत पसिना बगाउन सक्छन् तर दृढ आत्मविश्वाश छैन' उनले भने, सरकारले केहि गरिदेला अनि म गरुँला भन्ने मात्रै छ म आफै केहिगरुँ भन्ने छैन। यसैको सबै भन्दा ठूलो खाँचो छ।'  कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले रोजगारीको खोजीमा देशका युवाशक्ति विदेशिने क्रम बढिरहँदा स्वदेशकै निर्माण क्षेत्रमा भने कामदारको अभाव हुन थालेको बताएका छन्। स्वदेशमा कामदारको अभाव हुन थालेपछि देशभित्रका निर्माण व्यवसायी कामका लागि छिमेकी मुलुक भारतका जनशक्तिमा निर्भर हुन थालको उनको भनाई छ। 'नेपालको निर्माण क्षेत्रमा कामदारको एकदमै अभाव छ।' देउजाले भने, यसको समाधानका लागि प्रमुख कुरो श्रमकै सम्मान गर्ने र न्युनतम ज्यालाको ग्यारेन्टी सरकारले गर्न सक्यो भने यो समस्याको समाधान हुनसक्छ।' कार्यक्रममा ३० जना साना तथा घरेलु उद्योगीलाई सम्मान गरिएको थियो।  
सो अवसरमा अभियानका संयोजक एवं बेरोजगार युवासंघ नेपालका अध्यक्ष चन्द्रबहादुर थापा सागरले समृद्ध नेपाल निर्माणका लागि बेरोजगार युवालाई रोजगारी दिनु पर्ने बताउनु भयो। उनले बेरोजगारी समस्या हल नभईकन मुलुकले गति नलिने सो अवसरमा बताए।