काठमाडौं। नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नु पर्ने माग राख्दै सनातन हिन्दू मोर्चाले आज संविधानसभा अघाडी प्रदर्शन गर्दै घेराउ गरेको छ। तीन कुनेबाट शुरु भएको जुलुसले गौ हत्या बन्द गर, सनातन हिन्दू राष्ट्र कायम गर, धर्म परिवर्तनलाई द48डनीय बनाउनु पर्ने जस्ता नारा लगाउदै जुलुस संविधानसभा नजिक पुगेर धर्नामा परिणित भएको थियो। प्रदर्शकारीहरुले निषेधित क्षेत्र तोड्न खोज्दा कहीबेर प्रहरीसंग सामान्य दोहोरो झडप समेत भएको थियो। प्रदर्शनकारीहरुले तार–वार सडकमा फ्याले पछि प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रदर्शनपछि आयोजित धर्ना कार्यक्रमलाई संबोधन गर्ने वक्ताहरुले हिन्दू राष्ट्र कायम नगरिए सरकारले गम्भिर मुल्य चुकाउनु पर्ने चेतावनि समेत दिएका थिए। धर्ना कार्यक्रमका वक्ता सनातन हिन्दू मोर्चाका अध्यक्ष डा. माधव भट्टराई, उपाध्यक्ष डा. लोकराज पौडेल, प्रवक्ता पुष्पराज पुरुष, विश्व हिन्दू महासंघ समितिका अध्यक्ष निलप्रसाद भ48डारी, अमर्चायद्वय सन्तोष वाशिष्ठ, ल73मण पन्थी र राप्रपा नेपालका तारानाथ लुईटेलले सनातन हिन्दू राष्ट्र आफूहरुको बटमलाईन भएको धारणा राखेका थिए।
सरकारले यदि शान्ति पूर्ण प्रदर्शनले नसुने आगामी दिनको कार्यक्रम निकै नै आक्रामक र शसक्त रुपमा हुने दावी उनीहरुले गरेका थिए। मोर्चाका प्रवक्ता पुष्पराज पुरुषले सरकारले जनताले दिएको सुझावको अपमान गरेको बताए। ,देशभरमिा संविधान मस्यौदाको सुझाव लिनेक्रममा नेपाली जनताद्वारा हिन्दू राष्ट्रको पक्षमा प्रच48ड रुपमा सुझाव दिदा ठूला दलले धार्मीक स्वतन्त्रताको नाममा हिन्दूवादीहरुलाई अलमल्याएउन खोजेको आरो लगाएका थिए ।


