Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

चीनलाई रोक्ने र तिब्बत टुक्य्राउने योजना

१० सोमबार , जेठ २०७८५ बर्ष अगाडि

प्रेम सागर पौडेल, अध्यक्ष– नेपाल–चाइना म्यूचुअल कोअपरेशन सोसाइटी ––
एमसीसीका मामिलामा मात्रै यसरी पक्षविपक्षमा देखिएका होइनन्। एमसीसी लगायत सबैजसो विषयमा (केही राजनीतिक दल बाहेक) राजनीतिक दलका नेताहरूबीच एकमत छ । अन्तर्राष्ट्रिय समाज र जनताको दृष्टिमा चोखो देखिनका लागि मात्र यिनीहरू पक्ष र विपक्षमा उभिएको नाटक गरेका हुन् । ठूला मिडिया र अधिकाँश राजनीतिक दलका नेताहरू पश्चिमाको योजना कार्यान्वयन गर्न सक्रियतापूर्वक लागेका छन् । यतिबेला यिनीहरूको मुख्य योजना नेपालमा रहेको चिनियाँ उपस्थिति निमिट्यान्न पार्ने हो । जनतामा रहेको देशभक्ति र चीनप्रतिको विश्वास सिध्याउने एकमात्र लक्ष्य पूरा गर्न योजना बनाएर लागेका छन् । यो मिसनका लागि सन २००८ देखि २०१२ सम्म यिनीहरूले नेपालमा रहेका चीनका वास्तविक मित्रहरूको पहिचान गर्ने काम गरे । यसपछि यिनीहरूले नेपालमा रहेका चीनका ती मित्रहरूलाई जनताको दृष्टिमा अविश्वासिलो बनाउन र चीनसँगको सम्बन्ध टुटाउने विशेष कार्यक्रम नै चलाए । यतिबेला यिनीहरूले आफ्ना एजेण्टलाई चीन मामिलाका जानकारका रूपमा आफ्नो लगानीको मिडिया प्रयोग गरेर स्थापित गराउने कामलाई प्राथमिकता दिएका छन् । यसमा सफलता प्राप्त भएपछि मात्रै एमसीसी लगायतका परियोजना मार्फत नेपालबाट चीनलाई रोक्ने र दक्षिण तिब्बत टुक्य्राउने कामलाई प्राथमिकतासाथ बढाउने छ । नेपालमा रहेका चिनियाँ मित्रहरूलाई विस्थापित र कमजोर बनाउने साथसाथै हिन्दु, बुद्धिष्ट र क्रिश्चियन धर्मका माध्यमबाट समेत नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाइरहेको छ ।