Advertisement Banner
Advertisement Banner

१७ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

कमरेड फेरि भोट दिने बेला भयो र?

०६ बिहिबार , जेठ २०७८५ बर्ष अगाडि

 हिजोसम्म त पांच बर्ष छ हामीसंग देशको काया पलट गर्छौं भन्थ्यौ तिम्रो अवस्थामा परिवर्तन ल्याउंछौं भन्थ्यौ पांच बर्ष कति छिटै बितेछ कमरेड। छोराले सोधिरहेको छ कमरेड बा हाम्रो अवस्था फेरियो त बा? म के जवाफ दिउं ?कमरेड! हो अवस्था फेरियो छोरा हिजोसम्म निबाला थिएन अाज त सास फेर्न अक्सिजन नै छैन अवस्था फेरियो छोरा।। छोरीले कुहिनो कन्याउदै सोधिन बा हाम्रो अवस्था फेरियो हो? कमरेड म जवाफ के दिउं? हो छोरी हाम्रो अवस्था फेरियो तिम्री अामा ज्वरोले ईन्तु न चिन्तु छ अस्पताल लैजान एम्बुलेन्स छैन ठेलामा लतार्ने हो अाज संविधान सभाको उपनिर्वाचन भोट दिन जाने नेतालाई हेलिकप्टर चार्टर्ड गरिएको छ अरे,उमेदवारलाई छाता अोढाइएको छ तेरी अामालाई अस्पतालको छानो पुगेन यहि जवाफ दिएं कमरेड।। अस्पताल जांदाजांदै बाटैमा विश्राम लिएकी मेरी उनका फुस्रा अांखाले सोधिरहेको थियो हाम्रो अवस्था फेरियो नि कमरेड? एकतमास टोलाएका अांखाबाट बर्षातको मेघगर्जन सहित बलिन्द्रधारा अांशु भेल बनेर बगिरहे हो हाम्रो अवस्था फेरियो बुढी हिजोसम्म त कात्रो र दाउरा पाइन्न थियो तर अाज मन्त्रीले उद्घाटन गर्दा काटेका रिवन कात्रो त पक्कै पाईन्छ फेरि सास फेर्न अक्सिजन नभए पनि लास जलाउन दाउराको ब्यावस्था भएको छ। हेरत तिमीलाई जलाउन दाउराको कमि नहोस् भनेर मन्त्रीले उर्दी जारी गरेका छन् अरे फेरियन त हाम्रो अवस्था कमरेड??????