Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

अमेरिका जान यी पाष्टरलाई भेट्नोस् : धर्मरत्न श्रेष्ठ

१८ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

चर्च चलाउने पाष्टरहरु पनि अव ठगी धन्दामा लाग्न थालेका छन्। काम गर्न अमेरिका, क्यानडा, अष्ट्रेलिया पठाइदिन्छु भन्दै क्रिश्चियन पाष्टरहरु जनतालाई ठग्न थालेका छन्। मान्छे बिक्री गर्ने धन्दामा पनि क्रिश्चियनहरु लाग्नु अर्को दुर्भाग्यजनक घटना हुन पुगेको छ। भक्तपुर दुवाकोट बस्ने सर्लाही लालबन्दीका ३१ वर्षे पाष्टर प्रताप भट्टलाई प्रहरीले दसी प्रमाणसहित पक्राउ गरेर कारवाही चलाएको छ। यिनले साउन २, ४, १४ गते कान्तिपुर पत्रिकामा 'क्यानडा, युरोप, अष्ट्रेलिया, ओर्क भिसा स्योर' भनेर विज्ञापन नै छपाएका थिए। यस विषयमा अमेरिकी दूतावासको ध्यान गए पछि प्रहरी हर्कतमा आएको थियो र यी क्रिश्चियन पाष्टर पक्राउ परेका हुन्।
प्रहरीका अनुसार विज्ञापनमा मोवाईल  ९८०३५५९०४० र 'क्यानडा, अष्ट्रेलिया डिपेन्डेन्ट म्यारिज' भनि ९८१३११४७७६ नम्बर राखी विज्ञापन गरेकोमा विज्ञापनलाई हेरी काठमाडौं धापासी बस्ने कृष्ण कुवँरले सम्पर्क गर्दा २७ लाख रुपैयाँ लाग्छ भन्दै तत्काल २ लाख ७५ हजार रुपैयाँ चाहिन्छ भनेपछि उनले पैसा दिएका थिए। पैसा लिने पाष्टर प्रतापले उनलाई विदेश पठाउन नसकेर अलमल्याएपछि उनले प्रहरीमा ठगी भएा भन्दै गुहारेका थिए र अमेरिकी दूतावासबाट समेत सोधखोज हुन थालेको थियो र प्रताप प्रहरीको खोरमा पुगेका हुन्। उनलाई कारवाही होला कि नहोला? किनभने चर्चहरु शक्तिशाली रुपमा स्थापित भइसकेका छन्। चर्चमार्फत अमेरिकाको भिसा लाग्छ, सजिलै अमेरिका पठाइदिन्छु भनेर यी पाष्टरले धेरैसँग पैसा असूल गरेको घटना सार्वजनिक भएको छ। यिनलाई छुटाउन क्रिस्चियन संगठन नै लागेको स्रोतको दावी रहेको छ। यिनले सभामुख र प्रचण्डसमेत क्रिश्चियन भएकोले तिनले बचाउने धमाससमेत दिएको खबर छ। एकातिर क्रिश्चियन धर्म फैलाउने, अर्कोतिर ठगी धन्दामा लाग्ने गरेकाले चर्चहरु सुरक्षामा चुनौती बन्न थालेका छन्। चर्च र पाष्टरहरुप्रति निगरानी जरुरी छ है।