Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

श्रीमतीले कान्छो भित्र्याउन पाउनुपर्छ

११ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

 यो पनि संविधानको मस्यौदामा महिलाले दिएको सुझाव हो। केही महिलाले आमाको नामबाट नागरिकता पाउनुपर्छ भन्नेमात्र होइन कि विवाह नगरे पनि बच्चा जन्माउन पाउने अधिकार पनि चाहिन्छ भनेर माग गरेको सुनियो। यी महिलाका अनौठा सुझावले महिला निकै जागृत भइसकेको संकेत गरेको छ। सुझाव सुन्दा कसले भन्छ: सहरीया महिला कमजोर छन् भनेर। निकै कठिनाईका बाबजुद सभासदहरुले २ सय ४० निर्वाचन क्षेत्रमा पुगेर संविधानको मस्यौदा संकलन गरेर बुझाएका छन्। संकलित सुझावमा हिन्दूराष्ट्र हुनुपर्छ भन्ने माग ६० प्रतिशतभन्दा बढी छ। अझै राप्रपा नेपालले बहिष्कार नगरेको भए हिन्दूराष्ट्र हुनुपर्छ भन्ने सुझाव ९० प्रतिशतभन्दा बढी आउने विज्ञहरुले दावी गरेका छन्। र, कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधानमन्त्री जो भए पनि निर्वाचन हुनुपर्छ भन्ने माग पनि बढेको छ। सुझाव समितिका सभापति प्रमिला राणाका अनुसार सामाजिक रुपमा अपाच्य सुझावहरु पनि आएको खुलासा गरेकी छिन्। केही सुझाव त राजतन्त्र फर्काउनु पर्ने र पूर्वराजालाई राष्ट्रपति बनाउनुपर्ने पनि आएका छन्। दुई लोग्ने राख्न पाउनुपर्ने सुझाव काभ्रेबाट र मोरङबाट विवाह नगरी बच्चा जन्माउनु पाउनुपर्छ भन्ने सुझाव आएको छ। यस्ता सुझावहरु पुरुषसरह अधिकारका लागि आएको धेरेको ठम्याई रहेको छ। यो आश्चर्य पनि हो।