Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

हिमानीको हरियो हासो : धर्मरत्न श्रेष्ठ

११ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

साउन ७ गते एकाएक हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्‍यो र अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाहले भनिन्– हामी पोलिटिक्समा संलग्न छैनौं, ट्रष्ट सकभर धेरैभन्दा धेरै ठाउँमा पुग्न र सहयोग गर्न प्रयासरत छौं। भूकम्प प्रतिरोधी स्कूलभवनहरु निर्माण गर्ने योजना बनाइरहेका छौं।
संविधान निर्माण गर्न सुझाव मागिएको छ, तपाईको सुझाव के हो? भन्ने प्रश्नलाई उनले टार्न सकिनन् र जवाफ दिइन्– 'जनताको चाहना कस्तो धारणा लिएपछि मान्यता दिनैपर्छ, जनताले देखाएका त्रुटीहरु सच्याएरै जानु राम्रो हुनेछ। अघिल्लो दिनमात्र पूर्वराजाले कसैलाई काखा र कसैलाई पाखा गर्ने मस्यौदा ठीक नभएको भन्दै अर्को मस्यौदा ल्याउन आग्रह गरेका थिए। हिन्दूराज्य हुनुपर्छ कि धर्मनिरपेक्षता नै ठिक छ भन्ने प्रश्नमा पनि हिमानी शाहले भनिन्– जनताको जे सुझाव छ, मेरो पनि त्यही हो। यसरीक कूटनीतिक जवाफ दिने हिमानी शाह परिपक्व नेतृजस्तो देखिन्थिन्। पत्रकारहरु हिमानी ट्रष्टभन्दा पनि राजनीतिक मुद्दाहरु उठाइरहेका थिए र युवराज पारशसँगको सम्बन्ध रातो भए पनि साउनमा हरियो लगाउनु पर्छ भन्ने हिन्दू परम्पराको निर्वाह गर्दै हरियै कपडा, हातमा मेहन्दी लगाएकी हिमानी शाहले हरियो हाँसो हाँस्दै पत्रकारहरुसँग मिठासपूर्ण कुरा गरेकी थिइन्। उनको हजार राजनीतिक प्रश्नको एउटै जवाफ थियो– जनताको सुझावलाई नयाँ संविधानमा लिपिवद्ध गरिनु उपयुक्त हुनेछ। हिमानी ट्रष्ट सामाजिक कार्यक्रममा सक्रिय रहदै आए पनि यसपटक अर्थपूर्ण रुपमा प्रस्तुत भएकी छिन्।