Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

अव म बन्छु प्रधानमन्त्री

०४ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

 'अव म बन्छु प्रधानमन्त्री। केपी ओलीलाई प्रधानमन्त्री दिने कुनै पूर्वसहमति भएको छैन। १६ बुँदे सहमति भनेको नितान्त संविधान निर्माणका लागि भएको सहमति हो। संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख ५ पदमा लेनदेन हुन्छ। तर केपी ओलीलाई प्रधानमन्त्री दिने कुनै पूर्वसहमति भएको छैन। म प्रधानमन्त्री पदको दावेदार हुँ, म दावी गर्छु। सुशील कोइरालाकै अथवा मेरो नेतृत्वमा सहमतिको राष्ट्रिय सरकार बन्नसक्छ। ओली प्रधानमन्त्री भइसके भन्ने प्रचार हावादारी प्रचारमात्र हो।' यस्तो दावी गरेका छन्– नेपाली कांग्रेसका उपाध्यक्ष रामचन्द्र पौडेलले। पौडेलको दावी सुन्दा लाग्छ, कांग्रेस प्रचण्ड र केपी ओलीको भित्री षडयन्त्रबाट वाकिफ छ। यदि यसो हो भने प्रचण्ड जिल्लाराम पर्न सक्छन्।