Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राजेन्द्र क्षेत्री प्रधानसेनापति बन्दैछन्

०४ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

अर्को महिना गौरवशमशेर जबराले अवकाश पाउनेछन् र राजेन्द्र क्षेत्री प्रधानसेनापति बन्नेछन्। गौरवशमशेरले पदावधि थप गर्न प्रधानमन्त्रीलाई गरेको गोप्य आग्रह असफल भएपछि राजेन्द्र क्षेत्रीको बाटो खुलेको हो। मुलुकी बन्दोवस्तीका लागि नयाँ संविधान बन्दैछ र प्रधानसेनापति गौरव शमशेर जबराको नेतृत्वमा सेनाले संविधानप्रति आफ्नो सुझाव दिएको छ। नेपाली सेनाले नयाँ संविधान र नयाँ प्रधानसेनापतिबाट सञ्चालित हुने अवसर आउन लागेको छ। जंगी अड्डाले नेपालको संविधान २०७२ को मस्यौदामा नेपालको समग्र राष्ट्रिय हित, राष्ट्रिय सुर212ा र प्रतिर212ासम्बन्धी नीति, नेपाली सेनाको परिचालन, नियन्त्रण र व्यवस्थापन, राष्ट्रिय सुर212ा परिषद्लगायत नेपाली सेनाको सरोकारका अन्य विषयमा साउन ३ गते सुझाव बुझाएको हो। खासगरी राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति सदस्य हुनैपर्छ भनेर सेनाले अडान लिएको छ। र, सैनिक पदपूर्ति, बढुवामा लोकसेवा नचाहिने, प्रधानसेनापतिको नियुक्ती राष्ट्रपतिबाट हुनुपर्ने, सैनिक ऐन लागू हुने सबैलाई सैनिक ऐनअनुसार कारवाही हुनुपर्ने, अख्तियार आकर्षित हुनु नहुने नेपाली सेनाको सुझावमा उल्लेख गरिएको छ। नेपाली सेनाले संघीय व्यवस्थामा नेपाली सेनाको प्रभावकारिता अझ दरिलो पार्नका लागि आवश्यक सुझाव दिएको जनाएको छ। सेनाका अनुसार सेनाले आन्तरिक रुपमा बृहत छलफल गरी रायसुझाव सङकलन गर्नुका साथै अन्य सम्बन्धित निकाय तथा विज्ञहरुको सल्लाहमा राष्ट्रिय सुर212ा र नेपाली सेनासम्बन्धि राय सुझाव तयार गरिएको हो। ०४७ सालको संविधान निर्माण हुँदा सेनाको अडान अनुसार राजतन्त्रको स्थिति मजबुत पारिएको थियो। यसपटक नेपाली सेनाले संघीयतामा गइसकेपछि नेपाली सेनाको भूमिका कसरी मजबुत पार्ने भन्नेमा केन्द्रीत भएको पाइएको छ।