Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

भत्ता नलिउँ: सभासद श्यामप्रसाद

२८ सोमबार , असार २०७२१० बर्ष अगाडि

असार १० गते दाता सम्मेलनमा भूकम्पपीडित नेपालको पुनर्स्थापना र पुननिर्माणमा ४ खर्ब ४० अर्व आर्थिक सहायता जुट्नासाथ भावुक बनेका एमाले सभासद श्यामप्रसाद ढकालले सबै सभासद्ले भत्ता नलिउा र दाताहरुलाई राजनीतिक एकता र प्रतिवद्धता देखाउा, विश्वास दिलाउा भनेर प्रस्ताव गरे। यी सभासदले त ५ वर्षसम्म भत्ता नलिउा, संसदका अन्य सुविधा त्यागौं, टेम्पो चढौं र खर्च कटौति गरेर भूकम्पपीडितलाई सघाउा भन्ने सम्मको प्रस्ताव गरे। तर, सामन्त बनिसकेका कम्युनिष्ट एमाले र एमाओवादीले मात्र होइन, जन्मजात पुाजीवादी विचार राख्ने कांग्रेसलगायतका अन्य दलहरुलेसमेत यिनको प्रस्ताव एउटा कानले सुने, अर्को कानले उडाइदिए। यी ढकाल गृहमन्त्री वामदेव गौतमले त्यागेको बर्दिया १ बाट उपचुना जितेर सभासद बनेका व्यक्ति हुन्। यी सभासदले विदेशी र स्वदेशी सबैको विश्वास जगाउने अवसर छोप्न सही सुझाव दिएका थिए। जुन सुझाव 'कुकुरलाई घीउ नपचेजस्तो भयो'। यिनको सुझाव हाासोमा उडाइयो।