Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

षडयन्त्र गर्ने को?

२८ सोमबार , असार २०७२११ बर्ष अगाडि

 'नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी अव मेरो काँधमा छ।' यसो भन्ने एमाले अध्यक्ष केपी ओली आत्तिएर भन्न थालेका छन्– 'अझै पनि संविधान बन्न नदिने षडयन्त्र भइरहेको छ।' को हो त्यो षडयन्त्रकारी? ०६३ साल वैशाख ११ गते संसद पुनर्स्थापना र ०६४ साल चैत २८ गते भएको संविधानसभाको निर्वाचनपछिका आजसम्मका दिनमा कसले षडयन्त्र गर्‍यो? सेनाले, पूर्वराजाले, विदेशीले, कसैले? अहिले पनि संविधान निर्माणमा बाधक छन् त राजनीतिक दलहरु नै छन्। नाच्न नजान्ने आँगन  \u000aटेडो भनेझैं सहमतिमा संविधान निर्माण गर्न नसक्ने, दोष षडयन्त्रलाई दिने? 'षडयन्त्रलाई चिर्दै संविधान जारी गरिन्छ' भन्छन् ओली। गरे भइहाल्यो नि। जब ४ दलमा ९० प्रतिशतभन्दा बढी सभासदको समर्थन छ भने कसले रोक्छ संविधान घोषणा गर्न? मुख्य सवाल यस्तो संविधानले मुलुकमा विद्यमान द्वन्द्व समाप्त पार्छ कि पार्दैन भन्ने हो। अराजकता फैलाउने, धार्मिक र राजनीतिक झगडा चर्काउने संविधान जारी भयो भने संविधान घोषणा गरिछाड्नेहरु नै षडयन्त्रकारी ठहरिने छन्। हेक्का रहोस् भन्छन् विज्ञहरु। र, सुझाव संकलन गर्न मस्यौदा जनतासम्म लगिएको छ। त्यो सुझाव जनताबाट नभई पार्टीका कार्यकर्ता र राज्यका कर्मचारीबाट मात्र संकलन होला? त्यो पनि विचार गरौं।