Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

+++सप्तरंगी रहर+++

०१ सोमबार , मंसिर २०७७६ बर्ष अगाडि

 

सप्तरंगी रहर

रहर मेरा जाहीजुही रहर मेरा मखमली 
रहरकै छ माइती त्यो आँगान ठुलो ढलीमली

रहरैले रमाउँछन रहर लाग्दा रहर मेरा 
रहरैले हल्ला गर्दै मचाउँछन् लौ खलीबली 

माइतीराजा हाँस्दा रहर हाँसिदिन्छ रहरैले 
मनका दिप रहरैले उज्यालिन्छन झलीमली

इन्द्रेणी झैँ रंगीन छन् सप्तरंगी रहर मेरा 
नाच्दै गाउँदै रमाउँछन माइतीदेशको गलीगली