काठमाडौं । भित्रभित्र २० करोडको हेराफेरि भएको भनिएको रेलको इन्जिन आएको लामो समय भइसक्यो, त्यो इन्जिन किन चल्दैन भनेर सोधेको छ, रेल विभाग भन्छ– रेल चलाउन कर्मचारीको बन्देबस्त हुँदैछ रे ।आगलागि भएपछि इनार खन्ने भनिएको प्रसङ्ग र नेपालले रेल चलाउने कथा उस्तै उस्तै देखिएको छ ।
रेल ल्याएर कर्मचारीको खोज प्रक्रिया पो सुुरु भएको रहेछ । यसैवीच भारतले ८० जना भारतीय अनुभवी कर्मचारी राख्न सुझाव दिएपछि नेपालको रेल भारतीयले चलाउन भएको अर्को खबर छ ।
रेल ल्याउने भएपछि नेपाली कर्मचारीलाई भर्ना गरेर तालिम दिएको भए आइसकेको रेल खिया लागेर त बस्ने थिएन । नयाँ दुलहीलाई कहिलेसम्म घुम्टो ओढाएर ठण्डी ख्वाइरहने हो, ओली सरकारको दक्षता देखियो ।


