Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ज्येष्ठ नागरिकको जीवन सहज बनाऔं

०३ सोमबार , कार्तिक २०७७५ बर्ष अगाडि

छत्र प्रधान–
‘ज्येष्ठ नागरिक’ भन्नाले प्रौढ अवस्था पार गरेर निश्चित उमेरमा पुगेका व्यक्ति भन्ने बुझिन्छ । उमेरका आधारमा व्यक्तिलाई ज्येष्ठ नागरिक मान्ने चलन संसारका प्रायः सबै मुलुकमा छ । उमेर मात्र ज्येष्ठ नागरिक निर्धारण गर्ने प्रमुख आधार भने होइन । ज्येष्ठ नागरिकको भूमिकालाई नेपालको कानुन प्रणालीले महत्व प्रदान गरेको देखिन्छ । घरको वरिष्ठ सदस्य नै घरमूली हुने कारणले पनि परिवारमा ज्येष्ठको सम्मान रहेको पाईन्छ । वि.सं १९२७ मा पञ्देवलमा दरबारबाट अवकाश पाउँने कर्मचारीहरुलाई सिदा वितरण गर्ने ईतिहास रहेको पाईन्छ । वि.सं १९७६ मा पाठशालाको स्थापना भएको देखिन्छ । वि.सं २०३४ मा पशुपतिमा वृद्धाश्रमको स्थापना भएको थियो । ज्येष्ठहरुको हित र कल्याणका लागि सरकारी तथा कतिपय गैर सरकारी एंव निजी क्षेत्रबाट पनि प्रयास भएको देखिन्छ ।
 विकसित देशहरूमा ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक मान्ने चलन छ भने संयुक्त राष्ट्र संघले ६० वर्ष उमेर पूरा भएका व्यक्तिलाई ज्येष्ठ नागरिक मानेकोे छ ।  यसै गरि ज्येष्ठ नागरिक सम्बन्घि ऐन २०६३ ले ६० बर्ष उमेर पुगेको नागरिकलाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरिएको छ ।
 नेपालमा २०५८ को जनगणना अनुसार ६० वर्ष उमेर पुरा भएका व्यक्तिहरुको जनसंख्या ८.१३५ रहेको छ । वृद्धावस्था उमेरको कारणले गर्दा शारिरिक रुपले सक्रिय श्रम अभ्यास गर्न नसक्ने अवस्था हो । यो अवस्थाका व्यक्तिहरुलाई स्वास्थ्य, स्याहार र आरामको आवश्यकता पर्छ । ६० प्रतिशत भन्दा बढी जनताहरु गरिबीको रेखामुनि रहेको हाम्रो देशमा गरिबीको पिडा ज्येष्ठ नागरिकहरुले व्यहोरिरहेका छन् । त्यसमा पनि क्रमश सानो परिवारको अवधारणाले गर्दा शारिरिक श्रम गर्न नसक्ने ज्येष्ठ नागरिकहरु परिवारबाट छुट्टिएर एक्लै बस्न बाध्य छन् ।
ज्येष्ठ नागरिक हुनु भनेको केवल शारिरिक अवस्थाले शिथिल रुपमा रहेको अवस्था मात्र नभएर उनिहरु परम्परागत ज्ञान र अनुभवका स्रोतहरु हुन् । केवल शारिरिक रुपमा ज्येष्ठ नागरिकहरु अन्य सरह काम गर्न नसक्ने मात्र हुन । उनिहरु आफ्नो स्वास्थ्य र क्षमता अनूकुलको काम गर्न सक्दछन् त्यसैले उनिहरुको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्न सकेमा नयाँ पुस्तालाई राम्रो मार्ग निर्देशन हुन्छ ।
मुलुक बिषम परिस्थीति–लकडाउनमा रहेको अवस्थालाई दृष्टिगत गर्दा भर्चुयल कार्यक्रम बाहेक अरू कुनै बिकल्प नरहेको देखियो ।  यसै तथ्यलाई दृष्टिगत गरी यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टुबरको उपलक्ष्यमा, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले आयोजना गर्ने विभिन्न कार्यक्रमहरू  मध्ये, स्थानीय सरकार, सातै प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु तथा नीति निर्माण तहका उच्च पदस्थ अधिकारीहरू वीच भच्र्यूअल कार्यक्रम सम्पन्न भइसकेको छ । 
प्रत्येक बर्ष संयुक्त राष्ट्रसंघले छुठ्ठै नारा तय गर्ने प्रकृया अनुसार यस बर्ष ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ूएबलमबmष्अकस म्य तजभथ अजबलनभ धजय धभ बममचभकक बनभ बलम बनभष्लनू अर्थात महामारीमा बुढ्यौली र उमेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनले परिवर्तन ल्याउँछ । यो नारालाई सार्थकता दिन पनि हामी सरोकारवाला निकायहरू संवेदनशील भएर जेष्ठ नागरिकहरुको जीवन सहज र सम्मानित वनाउन लागिपर्नु पर्न जरुरी छ ।