Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मुलुकको सााधसीमाको चिन्ता

१४ सोमबार , असार २०७२११ बर्ष अगाडि

 योगी नरहरिनाथ ट्रष्ट अध्यात्मिक परिषदले बहादुर शाहको २५९औं जन्मजयन्ती तथा राष्ट्रिय विभूति दिवस पारेर 'नेपालको साँधसीमा र राष्ट्रको वर्तमान अवस्था' विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ। यो कार्यक्रममा राजनीतिज्ञ, चिन्तक, साहित्यकार राजेश्वर देवकोटाले प्रा.यादवप्रसाद ढुंगाना, समाजसेवी सर्जुबाबा श्रेष्ठ, गेहेन्द्र थापा मगरलाई सम्मान गर्दै दिवंगत भएका पद्मसुन्दर लावती, भरतजंग राणा, विदुरविक्रम शाह, उषा सिंह, भरतविक्रम शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। कार्यक्रम सफल पार्न राष्ट्रिय समाजसुधार संस्थाका अध्यक्ष शंकर मघैया  र शंकर पौडेल समूह निकै सक्रिय रुपमा खटिएका थिए।
को हुन् बहादुर शाह? किन बहादुर शाह गौरवका प्रतीक हुन्? यस सम्बन्धमा राजेश्वर देवकोटाले बहादुर शाह नेपाली माटोका पुजारी भएको बताउनु भयो। नेपाल चीन र भारतको सुरक्षा कवचको रुपमा रहेको छ, भूकम्पले विपदमा पारेकोले दुबै मुलुकले नेपाललाई गुन र ऋण तिर्नुपर्ने समय आयो। कार्यक्रममा हिरण्यलाल श्रेष्ठले अंग्रेजको विस्तारवादलाई रोक्ने र नेपाल एकीकरण गर्ने कार्य पृथ्वीनारायण शाह र पूर्वका शासकहरुले पनि गरेका हुन्। विशाल नेपालको संरचना विशष्टि प्रकारको थियो। अहिले भूकम्पले हामी विपदमा छौं, हाम्रो विपदको लाभ कसैले उठाउनु हुन्न, हामीले पनि हाम्रो स्वाभिमान बचाउनु पर्छ भन्नुभयो।
कार्यक्रममा प्रा.सुरेन्द्र केसीले भारतद्वारा भइरहेको हस्तक्षेप र अतिक्रमण अव सहनसीमाभन्दा बाहिर गइसक्यो। नेता, सरकार, बुद्धिजीवी कोही बोल्दैनन्, प्रायोजित समाचार आइरहेका छन्। पुर्षाको योगदानमा गर्व गरेरमात्र पुग्दैन, हामीले आफ्नो स्वाधीनताको रक्षा गर्न अघि सर्नुपर्छ भन्नुभयो। कार्यक्रममा प्रा.यादवप्रसाद ढुंगाना, पत्रकार राजन न्यौपाने, बहादुर शाह प्रतिष्ठानका अध्यक्ष दिवाकर विक्रम शाह, शंकर पौडेल अािदले पनि बहादुर शाहको योगदानबारे प्रकाश पार्नुभएको थियो। यसैवीच सोमविक्रम सिंहको नेतृत्वमा विभिन्न व्यक्ति र संस्थाहरुको टोलीले नेपाल विखण्डन गर्न चाहने सीके राउतलाई कडा कारवाही गर्न र उनलाई अन्तर्राष्ट्रिय रुपमा बहिष्कार गराउन माग गरेको छ।