Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

बाँकेका बस्तीहरु चुर्लुम्मै

१४ सोमबार , असार २०७२११ बर्ष अगाडि

– सुनिज श्रेष्ठ : नेपालगञ्ज। अन्तर्राष्ट्रिय सीमा कानुन उल्लंघन गर्दै भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध बनायो, फलत प्रत्येक वर्षायाममा नेपाली भूभाग डुबानमा पर्ने गरेको छ। यतिखेर बाँकेका बस्तीहरु चुर्लुम्मै दह बनेर डुबेका छन्। खुर्दलोटन बाँधले पनि नेपाली भूभाग डुबाएको छ। भारतले बाँधका ढोका खोल्दैन र भारतीय वस्तीलाई त बचाउँछ तर नेपालतिर दह जम्छ र गाउँबस्ती डुबानमा पर्छ। प्रत्येक वर्ष यस्तै हुन्छ र यी बाँध भत्काउनु पर्छ भन्ने रिपोर्ट दराजमा थन्क्याएर बसेको सरकार यसैगरी सधैं चुपचाप भारतीय अत्याचार सहिरहन्छ।    – सुनिज श्रेष्ठ