
खाजा खाँदा खाजाको पैसा तिर्न दिएको हजारको नोटलाई घूस खायो भनेर फसाइएका खरिदार रामहरि सुवेदीले भ्रष्टाचारको आरोप सहन गर्न नसकेर आत्महत्या नै गरे । तर १ अर्वको आयल निगमको जग्गा खरिद काण्ड, ३४ अर्वको रेलसेवा अध्ययन, ललिता निवासको जग्गा भ्रष्टाचार काण्डको फाइल र वाइडबडीको ४ अर्व ३५ करोडको भ्रष्टाचारमा आँखा चिम्लिएबापत पूर्व अख्तियार प्रमुख नवीन घिमिरेलाई जनसेवा श्री तक्मा दिने सरकारले कुलमान घिसिङ, कोभिड अस्पतालका प्रमुखलाई समेत बिर्सियो । यसपालीको तक्मा बितरणमा पनि भजन र किर्तनले नै बढी काम गरेको प्रष्ट भयो ।