Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

वामदेवको हुटिट्याउँ गफ

०७ सोमबार , असार २०७२१० बर्ष अगाडि

गृहमन्त्री तथा एमालेका नेता वामदेव गौतमले केही दिन अघि झर्केर भूकम्प मैले ल्याइदिएको हो र? भनेर पीडित जनतालाई झपारेका थिए। असार ३ गते तिनै वामदेव गौतमले भनेका छन्– ३ वर्षमा पुनर्निर्माण सम्पन्न गर्छौं। कसरी? कुन योग्यता र क्षमताले? योजना के छ? कसले यिनलाई ३ वर्ष गृहमन्त्रीको पदमा राखिराख्छ? ती केही पनि बताउन सकेनन् वामदेवले। यी वामदेव नामदेवमात्र हुन्, जसले भाषण बढी गर्छ। यिनको गफ र हुटिट्याउँले मैले आकाश थामेको छु भन्ने फुइँकी उस्तै उस्तै हो भन्ने सबैलाई थाहा छ।
अहिले यी गौतम कुना कन्दरामा मान्छे खान नपाएर मरिरहेका, राहत नपाएका र राहतका लागि दुःख पाइरहेका, आइएनजीओहरुले कुहेको चामल र चामलसँगै बाइबल बाँडेको केही पनि देखिरहेका छैनन्। बंगलादेशले पठाएको चामलमा समेत घोटाला गर्न खोज्ने यी वामदेव ३ वर्षमा पुननिर्माण गर्ने कुरा गरिरहेका छन्। स्वयं एमालेभित्र यिनको पत्यार छैन, अरुको के कुरा गर्नु र? यिनले भनेका छन्: प्रधानमन्त्रीको नेतृत्वमा सर्वाधिकार सम्पन्न पुननिर्माण समिति बनाएर व्यवस्थापन र पुननिर्माणको काम सुरु हुनेछ। अहिले प्रधानमन्त्री सर्वाधिकार सम्पन्न छैनन् र? काम गर्नेले कुरा गर्दैन, खानेमुखलाई जुँगाले छेक्दैन। तर वामदेव सर्वाधिकारकै कुरा गरिरहेका छन्। लुट्न अधिकार चाहिएको?