Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

फेसबुकमा महिला बनी ठगि गर्ने ब्यक्ति पक्राउ

१२ शुक्रबार , भाद्र २०७७६ बर्ष अगाडि

घटना विवरणः-

  सामाजिक संजाल Facebook मा Google बाट महिलाको आकर्षक फोटो तानी महिलाको नामबाट Facebook ID खोली साथी बनाई उक्त ID बाट कुराकानी गरी लोभ, प्रलोभनमा पारी प्रपञ्च मिलाई माया जालमा पारी बिभिन्न अश्लिल फोटोको माध्यमबाट पिडितलाई रकम IME  गर्न लगाउने र रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु भनी पटक-पटक ब्ल्याकमेलिङ गरी ठगी गर्ने जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २७ को धन बहादुर शाहीलाई मिति २०७७।०५।११ गते का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी मिति २०७७।०५।१२ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।

पक्राउ  ब्यक्तिको  विवरणः-

  1. नामथरः- धन बहादुर शाही      

    उमेर – २७

    ठेगानाः- जिल्ला कैलाली मोहन्याल गाँउपालिका वडा नं. -३

    हाल ;- जिल्ला ललितपुर  महालक्ष्मी नगरपालिका टिकाथली

                                                                        सूचना अधिकृत (प्रवक्ता)

                                                                        प्रहरी उपरीक्षकः- ईश्वर कार्की

                                                                                मोबाईल नं. ९८५१२८००१३