Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ग्रीनसिटी माथि महानगरीय निगरानी

०८ सोमबार , भाद्र २०७७६ बर्ष अगाडि

प्रल्हाद खकुरेल–
युनिटी इन्टरनेशनलको ठगी धन्दामा २०७१ सालमा ललितपुर जिल्ला अदालतले बागलुङका एलवी टंडन र गुल्मीका गोविन्दप्रसाद ज्ञवालीलाई १ करोड ६ लाख २६ हजार २ सय ७६ जरिवाना र ३ वर्ष कैद सजाय दिएको थियो । तिनीहरुले नै खालेको ग्रीनसिटी अस्पताल जनता लुट्ने अखडा बनेको छ । मान्छेको ज्यानसँग खेलबाड गर्ने यो अस्पताल अव महानगरीय प्रहरी परिसरको निगरानीमा परेको छ । आम जनमानस ठगीको विरुद्धमा छन् । ठगीका अरु काण्ड पनि सार्वजनिक हुनथालेका छन् । सरकार छ भने अनुसन्धान गर्न जरुरी छ । अस्पताल नियामक निकायले पनि स्वास्थ्योपचारका नाममा भइरहेको ठगी धन्दामा किन ध्यान दिइरहेको छैन भन्ने प्रश्न उठेको छ । न्यायालयमा समेत सेटिङ हुने र बरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश घूस खान्छन्, वकिल घूस ख्वाउँछन् भनेझैं अस्पतालहरुमा समेत जनविरोधी सेटिङ् त भइरहेको छैन ? प्रश्न गम्भीर छ ।
ग्रिन सिटी अस्पताल त्यस्तो अस्पताल हो, दुई जीउ भएकी महिलालाई छोरा वा छोरी जे चाहियो, त्यही जन्माउन सकिने व्यवस्था मिलाउने नाममा पनि यो अस्पतालले धेरै जोडीलाई ठगेको रहस्य सार्वजनिक भएको छ । यहाँसम्म कि यातायात व्यवसायी महासंघले पनि यही अस्पताललाई सघाएका समाचार आएका छन् । दुर्घटनामा परेका जो कोहीको उपचार पनि यही अस्पतालमा गर्ने र कमिशन दिने भित्री सम्झौता भएको खुल्न आएको छ ।
भदौ १ गते जिल्ला कार्यालयमा मीरा जोशी लामाले मेरो श्रीमान कलाकार एवम् पत्रकार देव लामालाई उपचार गराइदिन्छु भने गलत उपचार गरेर मरणासन्न पारेको मात्र होइन, उपचारको क्रममा घरखेत बेचेर पैसा तिर्दा पनि निको नभएपछि थाहा भयो, उपचार नै गलत गरेर पैसा ठग्ने नियत राखेको रहेछ । यसको विरुद्धमा आमजनमानसले समेत बिरोध गरेपछि सञ्चालक एलवी टण्डन मेरो कोठामा आउने, बाहिर बोलिस् भने ज्यान मारिदिने धम्की दिएकोले शान्तिसुरक्षा र गलत गर्नेमाथि कारवाही गरिपाउ भनी दिएको निवेदनमा काठमाडौं प्रजिअले महानगरी प्रहरी परिसरमा अनुसन्धानका लागि पठाइदिएका छन् । ग्रीन सिटी अस्पताल उपचार केन्द्र नभएर ठगी धन्दा गर्ने केन्द्र बनेको छ । उपचारका नाममा गरिवमाथि अत्याचार गर्ने यो अस्पताल हो कि लूटखाना ?