घटना विवरण :
जिल्ला सिन्धुपाल्चोक घर भई हाल का.जि.का.म.न.पा. ३१ नयाँ वानेश्वर बस्ने रमिता रन्जित श्रेष्ठको जाहेरी अनुसार जिल्ला झापा शान्तीनगर वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा. ३१ नयाँ वानेश्वर बस्ने बर्ष २९ कि शारदा मगरले ४,३६,०००।– रकम बराबरको निम्न सुनका गरगहनाहरु विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको ठगी मुद्धामा निज शारदा मगरलाई यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०४।२८ गते २१:०० बजे ज्ञानेश्वर बाट प्रकाउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको ।
साथै निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोले निजबाट ठगीमा पर्नु भएको छ भने यस कार्यालयमा संम्पर्कमा आउनको लागी अनुरोध गरिएको छ ।
निम्न : -
१. सुनको सिक्री डेढ तोला थान- १
२. सुनको लकेट ५४ लालको थान -१
- सुनको ब्रासलेट १ तोला ५२ लालको थान – १
- हिराको औठी थान -१
- सुनको औठी ३५ लालको थान - १
पक्राउ परेका व्यक्ति:-
नाम :- शारदा मगर
उमेर :- २९ बर्ष
स्थायी वतन :- जिल्ला झापा शान्तीनगर वडा नं. ६
मिति २०७७।०४।२९ गते सूचना अधिकृत:
प्रहरी उपरीक्षक ईश्वर कार्की
सम्पर्क नम्बर :९८५१२८०३८९
९८५१२८००१३