Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मन्दिर कि चेपाङलाई घर

२६ सोमबार , श्रावण २०७७६ बर्ष अगाडि

काठमाडौं । माडीका वडाअध्यक्षलाई सिधै प्रधानमन्त्रीको टेलिफोन कल । अर्कोवर्षसम्ममा भव्य राम मन्दिर बन्नुपर्छ, कामा थाल्नोस् भन्ने निर्देशन ।
यो सुनेपछि जनजनमा टिप्पणी भयो– मारिएको राजकुमार चेपाङ्का परिवार, घर जलाइएका चेपाङ परिवारजन, उपचार नपाएर मर्न बाध्य भएका राजु सदका परिवार अथवा तुइनबाट खसेर मृत्यु भएकी हेटौंडाकी कृष्ण पराजुलीका परिवालाई  यस्तै फोन गरेर सहानुभूति जनाउनु पर्ने थियो कि थिएन ? राजनीति संवेदनहीन, यति निकृष्ठ पनि हुनसक्छ ?
अनि हुर्तुराउँदै काठमाडौं आए माडीका मेयर ठाकुर ढकाल । उनले पहिले चेपाङका घर 
बनाऔं, अनि राम मन्दिर बनाउँदा राम्रो हुने सुझाव दिए तर प्रधानमन्त्री रिसाएछन् । प्रधानमन्त्रीका लागि चेपाङका लागि घर भन्दा मन्दिरले महत्व पाएको देखियो ।
माडीमा अयोध्यापुरी बनाउन माडीका जनप्रतिनिधिलाई शनिवार बालुवाटार बोलाइयो र मेयरको कुरा सुनेर रिसाएपछि प्रधानमन्त्रीले आदेश दिए– आउने रामनवमीसम्म गुरु योजनासहितको राम मन्दिर बन्नुपर्छ । अरु थाहा छैन । आउँदो रामनवमीमा उक्त ठाउँमा राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना भइसक्नुपर्छ ।
राम मन्दिर निर्माणले महत्व पायो, चेपाङसहितको सिमान्तकृत घरबारबिहीनले महत्व पाएनन् । सरकार कता जाँदैछ ? भन्ने प्रश्न धेरैले गरेका छन् । प्रधानमन्त्रीको तर्क छ– श्रीरामको वास्तविक जन्मस्थल नेपाल नै हो । भारतमा गत बुधवार अयोध्यामा राम मन्दिर भूमिपुजनबाट निर्माण सुरु भइसकेको छ । नेपाल भारतवीच राम मन्दिर बिबाद चर्केको छ । यद्यपि यो अनुसन्धानको विषय हुनुपर्ने थियो । यसतिर नलागेर एकथरि यही विषयलाई उछालेर नेपाल भारत सम्बन्ध बिगार्नतिर उद्दत देखिएका छन्