काठमाडौँ, पुष्पपराग साहित्य प्रतिष्ठानको आयोजनामा सोही प्रतिष्ठानका कार्यकारी सदस्य राजबाबु श्रेष्ठ ‘सागर’ का दुई कृति ‘देशको चिना’ मुक्तक सङ्ग्रह र ‘हराएका छोराहरू’ कविता सङ्ग्रह साउन २३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कोरोना कहरलाई ध्यानमा राखी समाजिक दुरी कायमगर्दै लोकार्पण सम्पन्न गरियो । उक्त अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा। जगतप्रसाद उपाध्याय र काव्य विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेल समेत उपस्थित हुनुहुन्थ्यो ।
प्रतिष्ठानका अध्यक्ष डा। यज्ञेश्वर निरौलाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति श्री गंगाप्रसाद उप्रेतीले कवि राजबाबु श्रेष्ठ ‘सागर’ का दुई कृति अहिलेसम्म बिमोचन भएकामध्ये उत्कृष्ट रहेका छन् भन्दै प्रसंशनीय कार्यको सह्राहना गर्नुभयो ।
सागरका प्रत्येक कविता आफैमा स्तरीय रहेका र उनले प्रयोग गरेका बिम्ब तथा प्रतीकले कविता तथा मुक्तकलाई उच्चस्तरमा पु¥याएको भन्दै यस्तो ऊर्जाशील कलम नबिसाउन कवि सागरलाई विशेष आग्रह गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा। जगतप्रसाद उपाध्यायले पनि बिमोचित कृति “हराएका छोराहरू“ कविता सङ्ग्रह पढेपछि सङ्ग्रहमा समेटिएका सबै कविताहरू उत्कृष्ट र भूपि सेरचनका हाराहारीका रहेका छन् भन्दै खुलेर प्रशंसा गर्नु भयो ।
हरेक व्यक्तिको स्रष्टा व्यक्तित्वलाई विकसित र ऊर्जामय बनाउन नै साहित्यिक संघसंस्था स्थापना भएका छन् । पुष्पपराग साहित्य प्रतिष्ठानले ऊर्जाशील स्रष्टालाई समेटेर सराहनीय कार्य गरिरहेको र राजबाबु श्रेष्ठको स्रष्टा व्यक्तित्वलाई मलजल पु¥याई हराभरा बनाउने कार्य गरेको स्मरण गर्दै प्रतिष्ठानलाई विशेष धन्यवाद दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गरिरहनुभएका पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका डा। यज्ञेश्वर निरौलाले आख्यानसँगसँगै कवितामा पनि कलम चलाईरहन आग्रह गर्दै कवि सागरका भोलिका दिनहरू लेखनमा निकै उज्वल रहने देखेको छु भन्दै खुलेर तारिफ गर्नु भयो ।
उक्त कार्यक्रममा कवि राधा कार्की, साहित्यसेवी विश्वास घिमिरे तथा रविन्द्र तिमसिना एवं प्राज्ञ शशि लुबुम्बु लगायतका व्यक्तित्वको उपस्थिति थियो ।
पुष्पपराग साहित्य प्रतिष्ठानका सचिव डा। प्रदीपकुमार मैनालीले कवि ‘सागर’कै कविता वाचन गरी स्वागत मन्तव्य दिनुभएको थियो भने सदस्य टी।एन। भट्ट ‘विश्वामित्र’ ले कवि राजबाबु श्रेष्ठका छानिएका कविता वाचन गर्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

@ nagarik news