Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रहरी हेडक्वार्टरभित्रै लस्करे तोइवाः – धर्मरत्न श्रेष्ठ

३२ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

भारतीय दावी  भ्रष्टाचार मामिलामा व्यापक रुपमा राजनीतिकरण भइसकेको नेपाल प्रहरीको सत्य, सेवा, सुरक्षामाथि ठूलो प्रश्नचिन्ह खडा हुनपुगेको छ। अहिलेसम्म नेपालीहरुलेमात्र प्रश्न गरिरहेका थिए, अव भारतले पनि नेपाली प्रहरी संगठनभित्र आतंककारी, माफियाको जालो भएको दावी गरिदिएपछि नेपाल प्रहरीको क्षमता र अस्तित्वमाथि प्रश्न उठेको हो। सुरक्षा निकायभित्रै आतंककारी संगठित अपराधी रह्यो भने के होला, के नहोला? भारतमा नक्कली नोटको कारोवारी शेख जावेद इकवाल पक्राउ परेपछि आतंककारी विङ्गस भारतले लिएको बयानमा नेपाल प्रहरीका एआइजी रमेश शेखर बज्राचार्यको नाम उल्लेख गरेपछि गृहमन्त्रालयभित्र अर्को भूकम्प गएको छ। इकवालले भारत र नेपालका प्रहरीहरु थुप्रैको साथ र सहयोग रहेको खुलासा गरेपछि र यो जानकारी नेपाललाई प्राप्त भएपछि गृहमन्त्रालय हर्कतमा आएको हो। स्रोतले भनेको छ– भारत र नेपालका उच्च पदस्थ प्रहरीहरु को को नक्कली भारु र्‍याकेटमा संलग्न छन्, अनुसन्धान सुरु भएको छ। एआईजी हुनुपूर्व बज्राचार्य अपराध अनुसन्धानमा एसएसपी र डीआइजी भए। डीआइजीको पोष्टिङ एयरपोर्टमा थियो। इकवालले ८ वर्षदेखि बज्राचार्यसाग चिनजान रहेको र ठूलै सहयोग पाएको उल्लेख गरेको बताइन्छ। इकवाल नेपालमा नक्कली कारोवार मिलाएर वीरगञ्जबाट सुनौली जाादा बज्राचार्यकै गाडीमा गएको खुलिसकेको छ। यो प्रकरण यसकारण पनि पेचिलो देखिएको छ कि लक्सरे तोयवाका सदस्य इर्फान बहराइनमा पक्राउ परेका छन् र उनको सम्बन्ध इकवालसाग जोडिएको छ। इकवालका भाइ २ करोड नक्कली भारुसहित दिल्लीमा पक्राउ परेका छन्। यस सम्बन्धमा नेपाल प्रहरीले मुख खोलेको छ। प्रहरीका प्रवक्ता कमलसिंह बमका अनुसार यो प्रकरणबारे मिडियाबाट थाहा पाइयो, अनुसन्धान सुरु भएको छ। दोषीमाथि कडा कारवाही हुनेछ। स्रोत भन्छ– रमेश शेखर बज्राचार्यसाग पनि सामान्य बयानबाजी भइसकेको छ। रमेश शेखर बज्राचार्यको व्यक्तिगत भनाई छ– यो म र मेरो डिपार्टमेन्टलाई बदनाम गर्ने भारतीय साजिस हो। उनले विभिन्न मिडियालाई आफू निर्दोष रहेको दावी गरेका छन्।  भूकम्पपछि नेपाल प्रहरीले राम्रो काम गर्‍यो, भारतीय पक्ष आलोचित भएपछि नेपाल प्रहरीलाई बदनाम गर्न यो षडयन्त्र गरिएको हो। हिन्दूस्तान टाइम्सले मेरो प्रतिक्रिया बिनानै समाचार बनाएकाले यो पूर्वाग्रही समाचार हो। यो समाचार पुष्टि भए म जे पनि कारवाही भोग्न तैयार छु। शान्ति मिसनमा पठाउने ४४ करोडको सामान खरिद गर्दा २८ करोड भ्रष्टाचार गर्ने नेपाल प्रहरी संगठन अव नक्कली नोटको कारोवारमा मुछिएको छ। अहिलेसम्म पाकिस्तानी यस्तो कारोवार संलग्न हुने गरेको र तिनलाई नेपालको सुरक्षा निकायले रोक्न नसकेको आरोप लगाउने भारतले यतिखेर नेपाल प्रहरीको साख र सम्मान हल्लाइदिएको छ। यसबारेमा गृहमन्त्रालयले मुख खोलेको छैन। भारतले भूकम्पको बिपद व्यवस्थापनमा जुटिरहेको नेपालको अस्थिर समयमा यसरी सुरक्षा निकायमा धावा बोल्नु यथार्थपरक हो कि डिजाइन? डिजाइन हो भने भारत प्रहरीतिर ध्यान केन्द्रीत गराएर के लाभ लिन चाहन्छ? बुझ्नु पर्छ।
पहिले पनि नेपाल प्रहरीका ठूला अधिकारीले एयरपोर्टमा माफिया, तस्करलाई सघाएका घटना प्रमाणित भइसकेका छन्। प्रहरी निकायभित्र भ्रष्टाचार छ, माफियाको जालो छ भन्ने प्रमाणित घटनाका आधारलाई लिएर विशेष प्रकारको छानबिन नेपाल आफैले गर्नु गराउनु जरुरी देखिन्छ। जब सुरक्षा निकाय नै भरपर्दो हुन्न, शंकास्पद गतिविधिमा संलग्न हुन्छ र विदेशीले समेत दुई देशको सम्बन्धमा प्रभाव पार्ने खालको आरोपसहित अनुसन्धान थाल्छ भने सरकार चुप बस्नु हुन्न। उच्चस्तरीय अनुसन्धान आयोग गठन गराएर नेपाल प्रहरीभित्रका कलपिटलाई दण्डित गर्नुपर्छ।