
बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रणाली बसालिएकाले शेखर गोल्छा अध्यक्ष बन्ने प्रक्का भएपछि बरिष्ठ उपाध्यक्षमा भिडन्त हुने भएको हो । चण्डी ढकालदेखि भाष्करराज कर्णिकारसम्म र अधिकांश सफल उद्यमी ढकालका पक्षमा भएकाले प्रधानका लागि यो निर्वाचन फलामको च्यूरा चपाउनु जस्तै भन्न थालिएको छ । हुनेवाला अध्यक्ष शेखर गोल्छा भने प्रधानको पक्षमा लविङ गदैछन् ।