Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

अहिले नगरे कहिले गर्ने?

३२ सोमबार , जेठ २०७२१० बर्ष अगाडि

– डा.विनिता : भूकम्पको धक्काले नेपालीको जीवनचक्र नै खलबलिएको छ। यस्तो पीडा नेपालीले कहिल्यै भोगेका थिएनन्। तिनको न गाासको ठेगान छ, न बासको। परिवार जन गुमाएका र घाइतेको हालत त झन पीडादायी देखिन्छ। कसैले केही सहायता गरिदिए हुन्थ्यो भन्नेहरुको लामो लाइन छ। राजधानीकै कुनाकाप्चामा सरकार पुगेको छैन, पहाडी कुना कन्दरामा सरकार कहिले पुग्ला? पााचथरमा गएको पहिरोले त यो वर्षामा धेरै जनधनको क्षति हुन्छ भन्ने त्रासदी फैलाउन थालेको छ। यस्तो बेलामा पनि राजनीति र प्रशासनले आफ्नो क्षमतालाई पवित्र पार्न सकेनन्। राजनीतिक र प्रशासनका प्रभावशालीको मिलोमतोमा भूकम्पलाई भ्रष्टाचारमय बनाइएको छ। सोझा र पहुाच नभएका जनतालाई हेर्ने कसले? दरवार छैन, राजतन्त्र पनि छैन, लोकतन्त्र छ पहुाचवालाको मुठ्ठीमा छ। राजावादी छन्। ती राजावादीहरुको त हालत झन दयनीय छ। किनभने राजनीतिक दलहरुले पक्षपात गरेपछि जनताको पीडा झन बढेको हो। भूकम्पको धक्का, सरकार र राजनीतिक दलहरुको लोप्वा। सोझा रराजावादीहरुमाथि हुनुसम्मको अन्याय भइरहेको छ।
पूर्वराजा जता गए पनि जनता माहुरीको गोलो झुम्मिएझैं झुम्मिने गरेका थिए। राजा आउ देश बचाउ भनेर नारा पनि लगाउाथे। त्यो माहुरीको गोलो यतिखेर रानु खोजिरहेको छ, मानवीय पीडा भोगिरहेको छ। तिनको पीडा सुन्ने रानु कहाा छ? महाभूकम्पपछि ज्यादा समय दिल्लीमा बिताएका पूर्वराजा स्वदेश त फर्किए तर भूकम्पपीडितको घरआागनमा देखिएका छैनन्। किन? कहाा छन् पूर्वराजा? अझै राजामा आस्था राख्ने जनसमुदाय छन् र तिनीहरु राजा खोज्न थालेका छन्। पूर्वराजा आमनागरिकको घाउमा मलमपट्टी लिएर पुग्नुपर्ने हो? पूर्वराजाको दोहोरो दायित्व छ– पहिलो परम्परागत धर्मनिर्वाह र दोस्रो मानवीय धर्म पूरा गर्नु। धर्मप्रति ज्यादै आशक्ति भएका पूर्वराजाले यसरी निर्मल निवासभित्र मात्र बसेर पुग्दैन, कर्तव्य पूरा हुादैन। हेक्का रहोस्, यस्तै विपदको बेलामा हो, जनतालाई सुम्सुम्याउने। धैर्यता र मनोबल बढाउन मद्दत गर्ने। अवसर किन गुमाएको होला? खासगरी राहतमा राजनीतिकरण भएपछि र पक्षपात बढेपछि आमनागरिकले राजाबाट राहतको आश लगाएका छन्। हुन त हिमानी ट्रष्टबाट धादिङ, जोरपार्टीलगायतका केही स्थानमा खाद्यान्न र जस्तापाताको सहयोग बितरण भएको थियो। त्यसपछि हिमानी ट्रष्ट पनि हराएको छ। न पूर्वराजा देखिन्छन्, न हिमानी ट्रष्ट। भूत मन्छिएजस्तो गर्नु अथवा अलिकति कनिका छर्नु न सहयोग हो, न राजकीय धर्म पूरा गरेको? जनताले अर्थपूर्ण सहयोगको अपेक्षा गरेका छन्। विश्वका कलाकार, खेलाडी, व्यक्ति र सामाजिक संघसंस्थासमेत राहतमा जुटेका बेलामा पूर्वराजा घरवासविहीन जनताका साथमा नदेखिनु राजकीय परम्परा र पुर्षाको इज्जतमाथि आघात पुगेन र? पहिले नै ७७ लाख पठाएका  कलाकार ज्याकी चाङ १२ घण्टाका लागि काठमाडौं उत्रिए र राहत वितरण गरेर फर्किए। पैसाभन्दा मानवीयता कति ठूलो हुनेरहेछ? पूर्वराजाले भनेका थिए– म यो देश छाडेर भाग्दिन। यही देशमा मर्छु। यति ठूलो राष्ट्रभक्ति देखाउने पूर्वराजा पीडित र विपत्तिमा परेका जनतासम्म किन पुगिरहेका छैनन्? जाने सरकारले हो, पूर्वराजा नजाादा पनि हुन्छ तर परम्परा जनताको दुःखमा दुःखी हुनु र जनइच्छामा चल्नु हो। यो चलन तोड्न मिल्छ र? आमजनताको कोलाहल, चिच्याहटले कसैलाई छुादैन भने संवेदनहीनता हो। पूर्वराजा संवेदनहीन बन्न सक्दैनन्। जनतामा परेको यति ठूलो विपत्तिमा पनि पूर्वराजाले जनताको साथ नदिए कहिले दिने? अहिले नगरे कहिले गर्ने? पूर्वराजाका सहयोगी, सल्लाहकारहरु कुन साइत जुराउन भद्रो हेरिरहेका छन् कुन्नी? पूर्वराजा ज्ञानेन्द्रको ज्ञानी स्वरुप देखिन कुन बाधाले छेक्यो कुन्नी?