Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

दक्षिणको 'ग्रिन सिग्नल' आएको छैन

३२ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

भक्तपुर। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले दक्षिणको ग्रिन सिग्नल नआएसम्म संविधान बनिहाल्छ भन्न नसकिने बताएका छन्। १६ बुँदे सहमति त भयो, गतिरोधको अन्त्य भइसकेको छैन। गतिरोधको अन्त्य पनि ग्रिन सिग्नलबाटै हुन्छ। कांग्रेस, एमाले, एमाओवादी र फोरम गणतान्त्रिकका वीच पदीय भागबण्डा मिलेको छैन, त्यो मिलाउने अरुले नै हो। भागबण्डा नमिलेसम्म गतिरोध हट्दैन। संविधान घोषणासँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतका पदमा को को हुने भन्ने टुंगो लागेको छैन। चार दलवीचको यो भागबण्डा पहिले मिल्नुपर्छ, अनिमाग गतिरोधको अन्त्य हुने देखिन्छ। यस्तो भागबण्डे सहमतिले मुलुकलाई निकास दिन सक्दैन बिजुक्छेले प्रष्ट पारिदिएका छन्। र, उनले भने– मुलुक यति ठूलो बिपतमा छ। राहत, उद्धार, पुनर्स्थापना र पुननिर्माणको जिम्मेवारी पूरा गर्नुपर्ने बेलामा सरकार परिवर्तनको दुषित मनसायले गरिएको चार दलीय सहमति सकारात्मक मान्न सकिन्न। अन्तर्राष्ट्रिय समुदायले समेत यो सरकारलाई विश्वास गर्न सकेको छैन। भ्रष्टाचारका कारण बदनामी हटाउन र विश्वासको वातावरण बनाउन ठूला दलले ध्यान दिएनन्।