Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

आङकाजीको प्रचण्डमाथि कडा प्रहार

३२ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

आङकाजी शेर्पा आखिर प्रचण्डसँग मोहभङ्ग भएर मार्नेसम्मको धम्की दिनपुगे। यी शेर्पा जातिवादी नेता हुन्। प्रचण्डले १६ बुँदे सहमति गरेपछि धोका दिएको अनुभूति गरे यिनले र आफ्नो फेसबुकमा प्रेसरककुर बमको फोटो राखेर 'प्रचण्ड जिवित रहनु १३ हजार शहिदको अपमान हो' भनेर आक्रोस पोखे। यस्तो समाचार युनाइटेड पोष्टमा पनि छापिएको छ। प्रचण्डले पहिचानका ५ र सामर्थ्यका ४ आधारमा ८ प्रदेश बनाउने र नामांकन तथा सिमांकन विशेषज्ञ टोली बनाएर निर्णय गर्ने सहमति गरेपछि जातिवादीहरु बेस्सरी रिसाएको स्थिति छ। मधेसवादी पनि खुश छैनन्। केही मधेसवादीले अहिले नै पहाड नमिसिएको मधेस प्रदेश हुनुपर्नेमा राष्ट्रपतिलाई समेत उजूरी गर्न पुगिसकेका छन् भने जनजातिका कथित नेताहरु जातीयताकै आधारमा प्रदेशको नामाकरण हुनुपर्छ भनेर दिनदिनै तात्तिदै गएका छन्। पत्रकारले सानातिना टिप्पणी फेसबुकमा राख्दा साइबर क्राइम भनेर प्रहरीले कारवाही चलाएको सन्दर्भम्ा आङकाजीजस्ता जातिवादीलाई चाहिं छुट हुन्छ?