Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

पेन्सन क्याम्प कि आर्मी पोष्ट ?

१५ सोमबार , असार २०७७६ बर्ष अगाडि

काठमाडौं । राजा महेन्द्रले २०२६ सालमा भारतले नेपालका उत्तरी सीमामा खडा गरेको १७ सैनिक क्याम्प हटाएका थिए, फर्कने क्रममा कालापानीमा नेहरुको आग्रहमा कालापानीमा बसेका भारतीय सेनाका कारण लिम्पियाधुरा, लिपुलेक, कालापानी भारतीय नक्सामा हालियो । नेपालले आफ्नो हो भनेर दावी गर्दा भारत रिसाएर ओली नेतृत्वको सरकारसँग वार्ता नगर्ने भनिसक्यो ।
त्यही भारतले लोकतान्त्रिक सरकारको अनुमतिमा गोर्खा सैनिकलाई पेन्सन बितरण गर्ने क्याम्पका नाममा देशका १७ स्थानमा पेन्सन क्याम्पका नाममा सैनिक क्याम्प खडा गरेको छ । पेन्सन बैंकबाट ट्रान्सफर गर्न सकिन्छ, फेरि नेपालका १७ ठाउँमा पेन्सन क्याम्पका नाउँमा सैनिक क्याम्प किन चाहियो ? त्यसो त भारतले पेन्सन बैंकमार्फत नै गाउँगाउँमा पठाइरहेको छ भने ती पेन्सन क्याम्पमा बसेका कर्णेल तहको भारतीय सैनिकहरुको काम के होला ? कर्णेल मुनी कति सैनिक क्रियाशील होलान्, के के गर्दा हुन् ? स्मरणीय छ, हाल भारतीय गोर्खामा ४२ हजार कार्यरत छन् भने पेन्सनर १ लाख २६ हजार परिवार छन् ।