Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

पूर्वराजा बारा र झापातिर

२१ सोमबार , पौष २०७११२ बर्ष अगाडि

पूर्वराजा पुस ६ गतेदेखिको चितवन बसाइ सम्पन्न गरेर बाराहुँदै झापासम्मको तीर्थयात्रा, जनसम्पर्क र देश दर्शन गर्ने उद्देश्य लिएर हिडेका छन्। चितवनमा रहदा राजावादीभन्दा कांग्रेस, एमालेलगायतका पार्टीका कार्यकर्ताहरुले गरेको स्वागत, देखाएको सौहाद्रता र सम्मानबाट हौसिएका  पूर्वराजाले मधेशमा चलेको शीतलहर पीडित आमनागरिकका लागि राहतसमेत बोकेर गएको थाहा भएको छ। महाकालीमा बाढी पीडितलाई लिएर गएको राहत जिल्ला कार्यालयमा बुझाउनु परेको आत्मपीडा नदोहोरियोस् भनेर पूर्वराजाले यसपटक घोषणा नै नगरी राहत लिएर गएको र व्यक्तिगत रुपमा राहत वितरण गर्ने स्रोतहरुले जानकारी दिएका छन्। यो कार्य पूर्वराजाको समयानुकूल बुद्धिमानीपूर्ण कार्य मानिएको छ। यस्तो सहयोग लक्षित बर्गले नै पाउने र अनावश्यक चुहावट हुने खतरा पनि देखिदैन। चितवनबाट चलेका पूर्वराजाको बाटोमा स्वागत भएको छ। राजतन्त्र जिन्दावादको नारा पनि लागेको छ। राजा आउ देश बचाउ पनि भनिएको छ र कुनै पनि राजनीतिक दलका कार्यकर्ताले आपत्ति प्रकट गरेका छैनन्। यो के हो? राजधानीमा संविधान निर्माणमा टाउको दुखाइरहेका राजनीतिक दलहरुभन्दा पनि पूर्वराजाको आकर्षण बढ्दै गएको छ। यसको अर्थ जनतामा राजनीतिक नेताहरुले विश्वास गुमाउँदै गएका छन् भन्ने बुझिन्छ। राजनीतिक दलहरुले इमान्दारिताका साथ कर्तव्य पूरा गरिदिएका भए पूर्वराजा पनि थान्को लागिसक्थे। अव पूर्वराजाको जिम्मेवारी बढेको अनुभूति भइरहेको छ र पूर्वराजा पनि राजनीतिक शक्तिका रुपमा उठेकोमा शंका छैन।