देवी काफ्ले–
भरखरै भारतिय नायिका अनुष्का शर्माकृत सिरिज “पाताललोक“मा प्रयोग भएका शब्दले पनि नारी माथि नारी नै खनिएको देखियो । एक सिरिज निर्मात्री महिला र अर्को महिलालाई यातना दिईरहेकी महिला । यसैले प्रष्ट हुन्छ नारीको अस्तित्व बन्धक गराउन केही नारी पात्र पनि अग्रपंक्तिमा छन् ।
एउटा देशको महिलाले अर्को देशको महिलालाई सिधै रण्डिको संज्ञा दिन्छे । सिरिजमा नेपाली भूमिकामा रहेकी महिलालाई पुलिस पुछताछमा नेपाली रण्डी धन्दा करती हे भनेर उक्त महिलालाई कुटे कि छ । आखिर भारतीयले नेपालीलाई किन यसरी हेपेका छन् ?यो चुनौतीको बिषय हो ।
वास्तवमा भारतका मुख्य शहरहरु मुम्बई, दिल्ली, बनारसमा नेपाली चेलीहरु बिक्री गरिन्छन् । ती बिक्रि भएका चेलीहरुलाई जवरजस्ती यौन ब्यावसायमा लगाईन्छ उनीहरुद्वारा कोठी, बेश्यालय चलाएर धन कमाउने स्रोत बनाईन्छ । नेपाली चेली कसरी पुग्छन् त भारतका वेश्यालयमा ?
अति गरिबी अनि अशिक्षाको कारण कामको खोजी, दुईपैसा खेलाउन पाउने, राम्रो लाउन र मीठो खानाको आशामा तड्पिएका हाम्रा गाउँघरका चेलीहरु बेचिन बाध्य छन् । घरको आर्थिक अवस्थाले पढ्न नपाएका,पेटभरी खान नपाएकाहरुलाई आफन्तकै या नजिकका, चिनेका ब्यक्तिहरुले लोभलालच देखाएर उनीहरुलाई भारत पु¥याउँछन् । अनि एक ब्यक्ति बाट अर्को हुँदै बेश्यालयमा पुर्याईएका बालिका,युवतीहरु आफ्नो नारी अस्तित्व बेच्न बाध्य हुन्छन् । उनीहरुलाई अनेक शारीरिक, मानसिक यातना दिएर बेश्या बन्न बाध्य बनाउंछन् ।
कतिपय मानिसले त्यस्ता युवती, महिलाहरुलाई बैँस उम्लेर यस्तो पेशा अपनाएका जस्ता आरोप लगाउन पछि पर्दैनन् तर उनीहरु कसरी त्यो नरकमा पु¥याईए भन्ने तिर चासो राख्दैनन् । यदि हाम्रा नेपाली चेलीहरु भारतका बेश्यालय जस्ता नरकमा कसरी पुर्याईन्छन्, के कारण उनीहरु त्यहा छन् भनेर गौड बिचार गर्ने हो भने चेलीबेटी बेचबिखनमा अवस्य कमि आउने थियो ।
सुदुरका केही बिकट पहाडी जिल्लाका बिकट गाउँहरुका सोझा मान्छेहरुलाई मानव दलालहरुले अहिले पनि झुक्क्याईरहेका घटनाहरु सुन्नमा आउंछ । भर्खर १३–१४ बर्ष टेकेका युवतीलाई आफु भारतका ठुला शहरमा बस्ने राम्रो जागिर गर्ने बनेर बिहे गरि लैजाने अनि उतै कोठीमा बेचेर पैसा ऐंठने अनि फेरि उनै चेलीका गाउँमा आएर अरुलाई पनि पैसाको झाँसा देखाएर बिक्री गर्न लैजाने र कोठीमा पु¥याउने जस्ता पेशा गर्ने अपराधीका कारण हाम्रा चेली भारतका विभिन्न सहरहरुमा रहेका बेश्यालयमा पुग्छन् । केही समय अगाडि यस्तै पेशामा संलग्नता रहेको भनेर नेपालका एक जना संसदलाई समेत आरोप लागेको थियो जसलाई आरोप थियो कि उनी भारतको एउटा शहरमा कोठि चलाउँछन् भन्ने ।
मैले भेटेका यस्ता पिडितहरु जसलाई कसैको मामाले बेचेको थियो, कसैलाई सानिमा पर्नेले बेचेको थियो त कसैलाई दाजुले बेचेको थियो । सबैको बिक्री पैसाकै लागि थियो । सम्झना गर्न पनि नसकिने हृदय बिदारक अवस्थामा पु¥याउन मान्छे मान्छे नरहंदा रहेछन् ।यसरी विभिन्न बहानामा लगेर बेचिएका चेलीहरु ती बेश्यालयमा आफ्नो शरिर ती गिद्धहरुको लागि सुम्पन बाध्य हुन्छन् ।
ती महिलाहरुलाई अत्यन्त घृणाको दृष्टिले हेरिन्छ । तिनैको शरीर बेचेर, तिनको शरिरमा नाङ्गो नाच गरेर सन्तुष्टि लिने ती भारतिीय पुरुषहरु दोषी भएनन् । ती अरवी शेखहरु दोषी भएनन् तर फिल्ममा सिधै नेपाली महिला रण्डी भईन् । नेपाली महिलाले यस्तो सराप कहिलेसम्म बोकिरहने ?
हामीले अझै पनि सोच्नु पर्ने कुरा के हो भने हाम्रा चेलिबेटी कसरी त्यो नरकमा पुग्छन् ?कस्ता परिवारका पुग्छन् ?कुन अवस्थाको कारण त्यहा पुग्छन् ?
देशभरि ल्न्इ र क्ष्ल्न्इ छन् । जसले एउटी महिलालाई एउटा अक्षर मात्रै सिकाएर पूर्ण साक्षरताका प्रमाण भिराउँछन् । अति गरिबहरुलाई दुईटा कुखुराका चल्ला बाँडेर अर्थोपार्जनमा सुधार भनेर देखाईदिन्छन् अनि सरकारको ध्यान भंग हुन्छ । सम्बन्धित निकाय सम्म यथार्थ बिवरण पुग्दैन अनि जनचेतना छैन, गाँस, बाँस, कपासको ब्यावस्था छैन, रोजगारी छैन । ती ठाउँहरुबाट हाम्रा चेलीहरु बेचिन्छन् । एकगास मीठो खाने, एकधरो राम्रो लुगा लाउने र दुईचार पैसो हातमा आउने लालचले उनीहरु बेचिन्छन् ।
अब दोषि को ?
गरिबी, अशिक्षा, अज्ञानता, समान दृष्टि पु¥याउन नसक्ने राज्य, चुनावी स्वार्थका अगुवा नेता र हाम्रो लालची समाज नै मुख्य दोषि हुन् । आज त्यो एउटा टालो लाउन पनि घोरियर कल्पना गर्नुपर्ने अवस्था नभएको भए एकगास निबाला पेटमा सहजै पर्न पाएको भए एउटी भारतीयले सिधै नेपाली रण्डि भनेर हाम्रो अस्मिता माथि धावा बोल्न सक्ने थिईन । ए चेलीबेटी बेचेर सुखभोग गर्ने अपराधी तैले सोचिस् होला अर्र्कैिकी छोरी बैनी बेचे भनेर त्यहि तैंले बिक्री गरेकै कोठीबाट नेपाली रण्डी भनेर गाली आयो अब त सोच तँ नेपाली अनि तेरा छोरी आमा नेपाली ती शब्दले कति छुन्छ ? यो अवस्थालाई न्युनिकरण गर्न हामी सबै लाग्नुपर्छ । सरकारले दलाललाई कडा भन्दा कडा सजाय तोक्नु पर्छ । जनचेतनाका लागि पहल गर्नु पर्छ । अब त स्थानीय सरकारले पनि निगरानी राख्न सक्छ । अब हाम्रा चेली नबेचिउन्, कसैले देशकै नाम लिएर आपत्तिजनक शब्दले नहानोस् । सम्पूर्ण महिला अधिकारकर्मीलाई आग्रह यो गर्दछु कि बलिवुड नायिका अनुष्का शर्माले माफी मागुन् र त्यो सिन हटाउन् उक्त सिरिजबाट । त्यसको लागि आवश्यक पहल गरौं । ताकि नारीलाई एक्लै रण्डी बनाउने कोसिस नगरियोस् ।