Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुशील सन्किए– बाघ बुढो र स्याल तन्नेरी

२५ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

 कोठे नेता सुशील कोइराला सन्किए– बाघ बुढो र स्याल तन्नेरी। सुशीलले आफूलाई हटाउन षडयन्त्र गर्ने प्रचण्डलाई यसो भने कि आफ्नो पद ताक्ने केपी ओलीलाई स्पष्ट भएन। तर यही सरकारलाई राष्ट्रिय सरकार बनाएर पुनर्स्थापना र नवनिर्माण गर्न राखेको प्रस्ताव अस्वीकार गरिएपछि किचेन क्याविनेटमा सुशील यसरी सन्किएको स्रोतले बताएको छ। यसको अर्थ सुशील कोइराला अझै पद त्याग गर्ने मूडमा छैनन्। हुन पनि पार्टी अधिवेशन सन्निकट छ, पदमा बसेर अधिवेशन गर्न पाए सुशील पुनः सभापति बन्ने निश्चित हुनेछ। यहीकारण प्रतिद्वन्द्व शेरबहादुर देउवा र उनका समर्थक डा.शेखर कोइरालाले भूकम्पले अस्तव्यस्त पारेको स्थितिलाई साम्य हुनदिन अधिवेशन केही समय पर सार्नुपर्ने माग गरेका छन्। सुशील कोइराला पदमा नहुन् र अधिवेशन होस् भन्ने चाहिरहेका छन् देउवापक्ष। अचानक विवादित विषयमा सहमति गरेर असारमै संविधान जारी गर्ने मेलो टक्कै रोकिएको छ। एमाओवादीले जातीय पहिचानसहितका ६ प्रदेश अहिले नै टुंगोमा पुर्‍याउन प्रस्ताव गरेपछि बाधा उत्पन्न भएको छ। सहमति हुनासाथ संविधान जारी गर्ने, सुशील कोइरालाले राजीनामा दिने, केपी ओलीको नेतृत्वमा एमाओवादी मधेसवादीसहितको एकताको सरकार बनाउने र पुनर्स्थापना तथा नवनिर्माण प्राधिकरण गठन गर्ने सहमतिलाई अव कांग्रेसले आफूलाई सिध्याउने जालो ठान्न थालेको छ। कांग्रेसी समर्थकहरुबाट फेरि पनि आवाज उठेको छ– यही सरकारलाई एकताको सरकार बनाउन किन नहुने?
समस्या सत्ता र मुख्य पदको भागबण्डामा देखिएको छ। संविधानमा यसैका लागि सहमति खोजिदैछ। एमाओवादी दुबै हातमा लड्डु कसरी पर्छ भनेर रोकड मिलाउँदै छ भने एमाले सत्ताको बागडोर कति छिटो आफ्नो हातमा आउला भनेर भद्रो हेर्न थालेको छ। कांग्रेस, संविधान जारी गरेर जस लिने र सत्तामा पनि ठूलो पार्टीले ठूलै भाग पाउनु पर्ने जिकिरका साथ प्रस्तुत भएको छ। एमाओवादीलाई त सुशील कोइराला फाल्नुछ, जातीय पहिचान खुल्ने प्रदेशको नामाकरण गर्नुछ, राष्ट्रपति र नवनिर्माण प्राधिकरण हत्याउनु छ। सर्प, विच्छी र भ्यागुताहरु ०६५ सालदेखि यसैगरी घसि्ररहेका छन्, एकदोस्राप्रति आरोप प्रत्यारोप गरेर सत्ताको खेलमा अभ्यस्त भइरहेका छन्। भूकम्पले भत्काएको खण्डहरमाथि सत्तापिपासु राजनीतिक दलहरुको लोपीपापी राजनीतिले नयाँ नेपाल निर्माण गर्ने संविधान बन्ला जस्तो छैन। विश्लेषकहरु भन्छन्– २ बण्डल जस्तापाताको व्यवस्थापन गर्न नसक्ने, अर्काले दानमा दिएको  टेन्ट लुकाउनेहरुले सत्ता र शक्ति बाहेक जनता त देखेकै छैनन्। मानौं जनता भनेको किराफट्याङ्ग्रा हुन्।