Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सञ्चारग्राममा पत्रकारको परीक्षण

०५ सोमबार , जेठ २०७७५ बर्ष अगाडि

प्रेस काउन्सिलमा कोरोना (कोभिड–१९) टेष्ट सम्पन्न भएको छ । 
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले २०७७ जेठ ५ गते सोमबार सञ्चारग्राममा फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेको छ ।
प्रेस काउन्सिल नेपालको आयोजनामा पोलिमर चेन रियाक्सन (पिसीआर) परीक्षणको लागि स्वाब संकलन भएको हो । मूलधारको मिडियाका सम्पादक, फ्रन्टलाइनमा रहेर काम गरिरहेका फोटो पत्रकारहरुलगायत प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पदाधिकारी सदस्य तथा कर्मचारी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित कर्मचारी, सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्मासहित कर्मचारी, न्युनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालसहित कर्मचारीसमेत ७० जनाको स्वाब संकलन गरिएको छ । रिपोर्ट बुधबारसम्म आउने बताइएको छ । – रिपोर्टः महेन्द्रराज सिंह